अवार्ड प्राप्त गरिसकेपछी उनले आफुलाई थप जिम्मेवारी बोध भएको र आफुलाई भाग्यमानी महशुस भएको बताए । माझिले आफ्नो समुदायको उत्थानको निम्ति गीत सङ्गित, फिल्म, डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनी विभिन्न संघ संस्था, कार्यक्रम तथा समारोहबाट सम्मानित भाईसकेका छन् । उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड २०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका थिए । उनलाई बिरिसु मिडिया प्रालीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ मा माझी समुदायको उत्थानका निम्ति गरेको योगदानको कदर गर्दै “माझी किङ” को उपाधिबाट सम्मान दिइएको थियो । त्यसैगरी छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई माझी किङ सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । माझी समुदायको पहिलो रेकर्ड गरिएको भाषिक गीत गाएर उनले आफ्नो पहिचान बनाएका हुन् ।