भगवती सामुदायिक वन उपभोक्ता समुहको २१ औँ वार्षिक साधारण सभा सम्पन्न


कञ्चनपुर : श्री भगवती सामुदायिक वन उपभोक्ता समुहको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्लाफाँटा नगरपालिका – ०८ पारिफाटामा कार्यालय रहेको उपभोक्ता समूहको साधारणसभा कार्यालय परिसरमा बिहीबार सम्पन्न भएको हो। समुहका अध्यक्ष केशव सिह धामीको सभापतित्व रहेको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका कार्यालय प्रमुख हेमराज बिष्टको प्रमुख आतिथ्य रहेको थियो।

प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका कार्यालय प्रमुख हेमराज बिष्टले कार्यक्रमलाई सम्बोधन गर्दै भगवती सामुदायिक वन उपभोक्ता समुहको २०५७ सालदेखि अहिलेसम्मको अवस्थालाई समीक्षा गर्दै समाजमा उपभोक्ता समुहले गरेको योगदानको प्रशंसा गरे। बिष्टले सरकारले ल्याएका पछिल्ला नीतिहरूको कारण वन उपभोक्ता समूहहरू चिन्तित हुन नपर्ने र त्यसलाई समुहको विशेष भेलाले मिलाउन सकिने बताउँदै वनको संरक्षण र संवर्धनमा विगतदेखि अहिलेसम्म भएका नीतिगत परिवर्तनहरूको बारेमा प्रस्ट पारे। साथै सरकारले छिट्टै छुट्टै वन व्यवस्थापनको पाटो बनाएर अगाडि बढ्ने आशा गरेको बताए।

कार्यक्रममा उपभोक्ता समुहका अध्यक्ष केशव सिंह धामीले प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन पेश गर्दै अध्यक्ष केशव सिह धामीले समाजमा उपभोक्ता समुहले गरेका कार्यहरूप्रती प्रकास पारेका थिए। उनले भने ‘आफू अध्यक्ष भैसकेपछि हाम्रो उपभोक्ता समुहले विद्यालयमा कम्प्युटर अनुदान, सडक बत्ती जडान, किसानहरूलाई घाँस काट्ने मेसिनहरू उपलब्ध, पोखरी निर्माण गरी माछापालन, सडकहरूमा ग्राभेल, किसानलाई बिउ बिजन बितरण लगायतका समाजसित जोडिएका विकास कार्यहरूमा निरन्तरता दिइराखेका छौँ’ । कार्यक्रममा शुक्लाफाँटा नगरपालिका ०८ का अध्यक्ष बहादुर सिंह महरा, शुक्लाफाँटा सब डिभिजनका प्रमुख दुर्गेश धामी र बाणी सब डिभिजनका प्रमुख अम्मर सिंह धामी लगायत अन्य जनप्रतिनिधि तथा वडावासीको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img