अखिल (क्रान्तिकारी) कञ्चनपुरको १८ औं जिल्ला सम्मेलन सुरु


कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरको १८ औं जिल्ला सम्मेलनको उदघाटन सत्र सुरु भएको छ । जिल्लाको महेन्द्रनगरमा स्थित उद्योग वाणिज्य संघको हलमा सम्मेलन सुरु भएको हो । अनिल सी को अध्यक्षतामा रहेको सम्मेलनमा प्रमुख अथिति नेकपा महाकाली ब्युरोका इन्चार्ज समर सी सहभागी रहेका छन् ।

१८ वटा मैनबत्ती बालेर सम्मेलनको औपचारिक उद्घाटन गरिएको हो । अखिल (क्रान्तिकारी) को सो सम्मेलनमा अथितीहरु नेकपा केन्द्रीय सदस्य विराट सी,कमल सी तथा अखिल क्रान्तिकारी केन्द्रीय सचिव प्रकाश सी, सचिवयलय सदस्य बबर सी, संगठनका महाकाली ब्युरो इन्चार्ज शंकर सी, लगायत अन्य जबस नेताकार्यकर्ता र विभिन्न क्याम्पस कलेजका विद्यार्थीको सहभागिता छ । सम्मेलनको आजै बन्द सत्र समेत हुने र साँझ नै समिति विस्तार गरिने संगठनले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img