कञ्चनपुर : कञ्चनपुरको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाको २५औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा उदयदेव बहुउदेश्यीय सहकारी संस्थाको २५औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
भीमदत्त नगरपालिका १८ महेन्द्रनगर केन्द्रीय कार्यालय भई विभिन्न स्थानमा शाखा कार्यालय रहेको सहकारीको साधारण सभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकास रावलले गरेका छन ।

मन्त्री रावलले सहकारीले आर्थिक, समाजिक क्षेत्रमा गरेको कामकाजको प्रंससा गर्दै भावि दिनमा समेत प्रदेशकै आर्थिक विकासमा भूमिका निर्वाहमा जोडदिए । कार्यक्रममा वक्ताहरुले उदयदेव सहकारीले गरिरहेको कामकाजको उच्च प्रसंसा गर्दै भावि दिनमा समेत सेवा सुविधा विस्तारमा जोडदिएका छन । उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले सहकारीको बृद्धि विकासका साथै थप स्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन । उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण बहादुरको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, शेयरधनी सहित विवित क्षेत्रका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।











