कञ्चनपुर : महाकाली बहुप्राविधिक शिक्षालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त प्रतियोगिताको आयोजना महाकाली स्पोर्ट्स क्लबले गरेको थियो। प्रतियोगितामा शिक्षालयमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थीका चार समूहले भाग लिएका थिए ।

प्रतियोगिताबाट समान्य चिकित्सा (एचए) कार्यक्रमका विद्यार्थी प्रथम, अप्थाल्मिक साइन्स द्वितीय र फार्मेसीले तृतीय स्थान प्राप्त गरेको छ भने टेक्निकल ल्याबका विद्यार्थीले सान्त्वना स्थान प्राप्त गरेको छन्। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय सहित सहभागी सबै विद्यार्थीलाई प्रमाण पत्र , ओल्ड इज गोल्ड, समान्य ज्ञान लगायतका पुस्तकहरू पुरस्कार स्वरुप प्रदान गरिएको शिक्षालयका निर्देशक पर्मल सिह साउदले बताएका छन्।

शिक्षालयका प्रशिक्षक चुडामणि शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा महाकाली स्पोर्ट्स क्लबका अध्यक्ष दीपक पाण्डेयको अध्यक्षता रहेको थियो भने शिक्षालयका निर्देशक पर्मल सिह साउदको प्रमुख आतिथ्य रहेको थियो।शिक्षालयका निर्देशक साउदले विद्यार्थीको सिकाइ किताबमा मात्रै सीमित नराखी बाह्य जानकारीहरूमा पनि चासो राख्नुपर्ने बताएका छन्। यसै उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए।











