वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम


कञ्चनपुर : कृष्णपुर नगरपालिका २ बाणिमा आज वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरियो । तराई भू परिधि कार्यक्रम(ताल)को आर्थिक सहयोगमा सामुदायिक वन समन्वय समिति (सिएफसिसि)ले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै सिएफसिसिका अध्यक्ष एवं निवर्तमान सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशीले सामुदायिक वन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा आदिवासी जनजातीको अधिकार सुनिश्ति गरिनु पर्ने बताउनु भयो । वातावरणीय प्रभाव, धार्मिक महत्व, सामाजिक प्रभावका बारेमा जानकारी राखेर मात्रै कार्य अगाडी बढाईनु पर्ने बताउनु भयो । योजनावद्ध रुपमा गरिने कार्यक्रममा जोखिम व्यवस्थापन सुशासनका अभ्यासहरुलाई सुनिश्चित गरिनु पर्ने उल्लेख गर्नु भयो । “छोटो अबधिको तालिमबाट धेरै कुरा सिकेका छौं” उहाँले भन्नु भयो, “अझै कार्यक्रमलाई विस्तृत रुपमा तल्लो तहमा पुरयाउन आवश्यक छ, यसको स्व अभ्यास गर्नु जरुरी छ ।”

जयलक्ष्मी सामुदायिक वनका अध्यक्ष बसन्ती रानाले ताल र डब्लुडब्लु लगायतका संस्थाले पछाडी परेका समुदायका लागि कार्य गर्दै आएको बताउनु भयो । बस्ती जोगाउनका लागि तारजालीको व्यवस्था गरिएकोमा प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो । ग्वासी समैजी सामुदायिक वनका अध्यक्ष इश्वरदत्त भट्टले वातावरणीय तथा सामाजिक सुरक्षाका बिषयमा ज्ञान प्राप्त गरेको उल्लेख गर्नु हुदै उहाँले आदीवासी जनजाती, पछाडी परेका समुदाय, उपभोक्ताको अधिकार सुनिश्चित गरिनु पर्ने कुरा सिक्न पाईएको बताउनु भयो । उहाँले सामुदायिक वनका पूर्व पदाधिकारीहरुलाई समेत यस कार्यक्रममा समेटन सके सम्बद्ध पक्षको अधिकार सुरक्षा गर्न सहयोग पुग्ने धारणा राख्नु भयो । सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरत बहादुर बिष्टले अभिमुखिकरण कार्यक्रममा सिकेका कुराहरुलाई उपभोक्ताहरु विच पुरयाएर प्रकृति संग जोडिएका जातजातीका अधिकार सुरक्षित गर्न सघाउ पुग्ने बताउनु भयो । छोटो अबधिको कार्यक्रम भएपनि प्रेरणादायी रहेको उहाँको भनाई थियो । कार्यक्रममा डब्लु डब्लु एफ नेपालका विमिशिखा भण्डारीले कार्यक्रमको औचित्य बारे प्रकास पार्नु भएको थियो । कार्यक्रमको उद्देश्य बारे प्रष्ट्रयाउदै उहाँले वातावरणमा आदीवासी जनजातीका अधिकारका प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्ने कुराहरु, वातावरण स्वस्थ्य राख्न ध्यान दिनु पर्ने कुरा, सामाजिक कुरा, सामाजिक र मानव अधिकार प्रतिवद्धता अनुसारका कार्यहरु, कार्यक्रमले गर्दा हुने हानी नोक्सानी, जोखिम व्यवस्थापन, गुनासो व्यवस्थापन लगायत बारे जानकारी दिनु भयो ।

उहाँले सु शासनका अभ्यासहरु, संरक्षण परियोजनाहरुले समुदाय र प्रकृतिका लागि ल्याउने राम्रो परिणमका बारे कार्यक्रममा व्याख्या गर्नु भएको थियो । कार्यक्रममा तराई भू परिधि कार्यक्रमका शेर बहादुर चौधरी, देवराज जोशी, विरेन्द्र सामुदायिक वनका अध्यक्ष सावित्री सिंह,एश्वर्या सामुदायिक वनका इश्वर बुढा,चुरे संरक्षण सञ्जालका अध्यक्ष रविन्द्र बहादुर कुवँर,समैजी सामुदायिक वनका अध्यक्ष हजारी सिंह भाट, शुक्लाफाँट उपभोक्ता समितिका मदनलाल चौधरी लगायतको सहभागीता रहेको थियो । यसैगरी कार्यक्रममा त्रिशक्ति उपभोक्ता समितिका अध्यक्ष दमन बहादुर चन्द,डिभिजन वन कार्यालयका अमर सिंह धामी, जनहित महाकाली सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरी, सोभाताल उपभोक्ता समितिका मोतिराम राना,समैजी सावका ज्योती राना,सिएफसिसिका शिवदत्त पन्त,नरेशराज भट्ट, सावित्री पाण्डेय,दान बहादुर कामी, मिन बहादुर बोहरा लगायतको सहभागीता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img