दोधाराचाँदनीमा एफआरएमसी परियोजना प्रभावकारी


कञ्चनपुुर : विपद्को उच्च जोखिममा रहेको दोधाराचाँदनी नगरपालिकामा समुदायको वाढी उत्थानशिल मापन परियोजना(एफआरएमसी) प्रभावकारी भएको सरोकारवालाले बताएका छन । निड्स नेपालले मर्सिकोरसंगको साझेदारीमा दुई बर्ष अघि दोधाराचाँदनीका ३ वडाहरुमा समुदायको वाढी उत्थानशिल मापन परियोजना(एफआरएमसी) कार्यक्तम लागु गरेको थियो । विपद्को सबैभन्दा उच्च जोखिममा रहेका समुदायमा निड्सले एफआरएमसी परियोजना मार्फत भौतिक सरचना निर्माणदेखि वाढीबाट बाँच्नका लागि सीपयुक्त कार्यक्तम संचालन गरेको थियो । बिहीबार एक कार्यक्रमका विच दोधाराचाँदनी नगरपालिकामा उक्त परियोजनाको समापन एव कार्यक्रम सर्वेक्षण नतिजा आदान प्रदान कार्यक्तममा सहभागि सरोकारवालाहरुले उक्त कार्यक्रम प्रभावकारी भएको बताएका छन ।

कार्यक्रमको संचालक समेत रहेका समुदायको वाढी उत्थानशिल मापन परियोजना(एफआरएमसी) कार्यक्तमका फिल्ड सुपरभाईजर शुनिल सेट्टीले दोधाराचाँदनी नगरपालिका ३ पट्टराखल्ला, ७ कञ्चनभोज र १० कुतियाकबरमा कार्यक्तम लागु गरिएको बताए । उनका अनुसार विपदको उच्च गाउँबस्ती समुदाय छनौट गरेर विपदको पुर्व तयारीदेखि रोकथामका साथै जिविकोपार्जनका कार्यक्रम संचालन गरिएको बताए । निड्स नेपालका सह कार्यक्तम अधिकृत बिनोद कडाराले संस्थाबाट विपदको उच्च जोखिममा रहेका समुदायको उत्थानशिलता नतिजा पाईएको बताए । सह निर्देशक कडाराले भावि दिनमा समेत कार्यक्रम संचालन गरिने बताए । वाढी उत्थानशिल मापन परियोजना(एफआरएमसी)का कार्यक्रम संयोजक नविन भण्डारीले २ बर्षअघि संचालन गरिएको कार्यक्रमबाट जोखिममा रहेको समुदायमा थुप्रै परिर्वतन आएको बताए । उनका अनुसार कुतियाकबर, कञ्चनभोज र पटराखल्लाका स्थानीयलाई विपद्बारे तालिमदेखि तयारीका विवित विषयमा अभिमुखिकरण गराईएको बताए । कार्यक्तमबाट पटराखल्लाका ३४, कञ्चनभोजका ५९, कुतियाकबरका ४२ घरधुरी लाभान्वित भएको उनले बताए । जोखिममा रहेका समुदायलाई तालिम, अभिमुखिकरण, नमुना अभ्यास, खोज तथा उद्दार समाग्री हस्तान्तरण, सुरक्षित घर निर्माण, आर्थिक जिविकोपार्जनका लागि कार्यक्रम संचालन, समुदायलाई सिधै अनुदान दिईएको छ ।

विभिन्न ५ पुजिँगत विषयमा ४४ स्रोतमा अध्ययन गर्दा समुदाय विपद बारे थुप्रै जानकार भएको अध्ययनले देखाएको बताए । उनले सरोकारवालाहरुको साथ सर्मथन सहभागिताबाट कार्यक्तम प्रभावकारी रुपमा संचालन भएको बताए । तीनै समुदायका स्थानीयले समेत उक्त कार्यक्तमबाट विपद व्यवस्थापनदेखि विपदबाट बाँच्ने उपाया जानकारी पाएको बताएका छन । उनीहरुले कार्यक्रम संचालन भएपनि विभिन्न व्यवसायिक वैकल्पिक पेशामा समेत गरिरहेको बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले निड्सबाट संचालित गरिएका उक्त कार्यक्तम प्रभावकारी रहेको बताए । वाढीको उच्च जोखिममा रहेका बस्तीका स्थानीयहरुलाई अभिमुखिकरणदेखि सुरक्षित आवास कार्यक्तमले जोखिमबाट मुक्त रहेको बताए । मेयर लिम्बुले कार्यक्तमको म्याद सकिएपनि पालिकाले स्वामित्व ग्रहण गर्ने बताए । निड्स नेपाल कञ्चनपुरका पुर्व अध्यक्ष बिमला शाहले निड्सले दोधाराचाँदनीमा विगतदेखि विपद व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको बताए । भावि दिनमा समेत समुदायको आवश्यकता अनुरुप सरोकारवाला निकायसग समन्वय गरेर कार्यक्तम संचालन गर्ने बताईन । कार्यक्रममा सरोकारवाला सहित समुदायको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img