उपचार खर्च जुटाउन नसक्दा चलचित्र अभिनेता ऐर घरमै थला परे


राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : नेपाली चलचित्रमा खलनायकको भूमिकामा देखिने तेजा ऐरलाई नचिन्ने सायदै कोही होलान । अहिले ती चलचित्रका खलनायक रजतपटबाट ओझेलमा रहेका छन । केही महिना देखि पक्षघात(प्यारालाईसिस) हुदा ऐर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी स्थीत आफ्नै घरमा थला परेका छन । लामो समय देखि विरामी पर्दा उपचारमा निकै रकम खर्च गर्दा पनि उहाँ स्वस्थ्य हुन सक्नु भएको छैन । “नेपाल भारतका विभिन्न अस्पतालमा उपचार गराउदा रु २५ लाख बढी रकम खर्च भैसकेको छ” उहाँले भन्नु भयो, “थप उपचारका लागि आर्थिक अभाव हुदा घरमै बस्नु परेको छ । ”घरमा भएको जायजेथा सबै बेचेर उपचार गराउदा पनि विरामी ठिक हुन नसकेको उहाँले उल्लेख गर्नु भयो ।  संगै उच्चरक्तचाप, लिभर, किडनी लगायतमा थप समस्यामा देखिएको छ । “चिकित्सकले थप उपचार गर्नका लागि भनेपनि आर्थिक अभाव छ” उहाँले भन्नु भयो, “दातृनिकायको खोजीमा छौं ।”

चलचित्र सम्बद्ध संघ संस्था, व्यक्ति लगायतबाट सहयोग हुन नसकेकोमा उहाँ गुनासो गर्नुृ हुन्छ ।“आफना उर्जावान समय चलचित्र क्षेत्रमा खर्र्र्चिए, धेरै चलचित्रमा घरबाटै पैंसा लगेर खर्च गरे केहीले अभिनय गराए वाफतको पारिश्रमिक रकम अझै सम्म पनि दिएका छैन” उहाँले भन्नु भयो, “गम्भीर रुपमा विरामी पर्दा सहयोग गर्न कोही अगाडी आउनु भएको छैन, सरकारी निकायलाई गुहारेपनि उपचारका लागि सहयोग रकम जुटाउन सकिएको छैन ।” तीन दशक देखि दर्जनौं नेपाली चलचित्रमा ठुलो सानो भूमिकामा ऐरले अभिनय गर्नु भएको छ । थारु कथानक चलचित्र ‘मोर बस्ती’बाट डेव्यू गरेका ऐरले थारु, नेपाली, भोजपुरी भाषाका सय बढी चलचित्रमा खलनालयको भूमिका निर्वाह गर्नु भएको छ । चलचित्रमा लामो समयदेखि अभिनय गर्दै आएको ऐर खलनायकको रूपमा बढी रुचाइएका कलाकारका रुपमा पर्दछन । ऐरले सत्या, हिरासत, बिजयपथ, बिरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डर, लगायतका दर्जनौं चलचित्रमा अभियन गरेका छन । विभिन्न टेलीफिल्म र म्युजिक भिडियोमा समेत उहाँले अभियन गर्नु भएको छ ।

ज्यान जोगाई दिनका लागि उहाँले सम्बद्ध पक्षहरु संग अनुरोध गर्नु भएको छ । कृषि विकास बैंक झलारी शाखाको खाता नं ०८–२४६–००६९९३६९–०१–९ मा रकम जम्मा गरी सहयोग गरिदिन दातृ निकाय, व्यक्ति, संघ संस्थाहरु संग उहाँले अनुरोध गर्नु भएको छ । उहाँको सम्पर्क मोवाईल नम्बर ९८४८७२३२८४ रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img