शुक्लाफाँटा: शुक्लाफाँटा नगरपालिका १० झलारी स्वास्थ्य चौकीमा शनिवार आयोजित एक दिने निःशुल्क जनरल तथा आँखा स्वास्थ्य शिविरबाट तीन सय जना विरामीलाई चिकित्सकीय सेवा प्रदान गरिएको छ ।नगरपालि काको वडा नं १० ले आयोजना गरेकोे शिविरमा आँखा सम्बन्धी रोगका दुई सय १४ र ८६जना छाला, हड्डी, छाती, स्वासप्रश्वास सम्बन्धीका विरामीले सेवा लिएका छन ।

स्वास्थ्य चौकीका सिअहेव लोकेन्द्र ऐरीका अनुसार शिविरमा आँखामा मोतिया विन्दु भएका २३ जना विरामीको पहिचान गरिएको छ । मोतिया बिन्दु भएका विरामीको आईतवार धनगढी स्थीत नेत्रालयमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाईएको उहाँले बताउनु भयो । उहाँका अनुसार शिविरमा पुगेका आँखाका ५५ जना विरामीलाई निःशुल्क चश्मा वितरणको कार्य गरिएको छ ।

शिविरमा उपचारका लागि पुगेका विरामीलाई चिकित्सकले परामर्श संगै निःशुल्क रुपमा औषधी वितरणको कार्य गर्नु भएको छ । शिविरमा उपचारका लागि पुग्नेमा पुरुष विरामी भन्दा महिला विरामीको सङख्या दोव्वरले बढी रहेको बताईएको छ ।











