निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १४ औं बार्षिक साधारण सभा सम्पन्न


कञ्चनपुर : कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १४ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष डम्बर दत्त भट्टको सभापतित्व तथा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । दस हजार भन्दा बढि सदस्य रहेको निङ्गलाशैनी सहकारीले सैतिस करोडको सम्पत्ती विवरणको लेखा परिक्षण प्रतिवेदन पारित गरि सम्पन्न गरेको १४औं बार्षिक साधारण सभामा प्रदेश सभा सदस्य माननिय हिरा सार्की , सुदूरपश्चिम बिशिष्टकृत उपभोक्ता सहकारी संघ लि.का अध्यक्ष गणेश बहादुर चन्द विशिष्ट अतिथि रहनु भएको थियो । साधारण सभाको समुद्घाटनमा प्रमुख अतिथि रावलले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारी मुख्य अंग भएकोले यसलाई चाहिने र आवश्यक पर्ने ऐन नियम तर्जुमा गर्न प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

यसै गरि जिल्ला फुटवल संघ कञ्चनपुर तथा निङ्गलाशैनी विकास समाजका अध्यक्ष गणेश बहादुर चन्द, नेपाल भलिवलका मुख्य प्रशिक्षक जगदशि प्रसाद भट्ट, निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी, दिप ज्योती महिला कृषि सहकारी संस्थाका अध्यक्ष बिमला भट्ट, सिटिजन लाईम ईन्सुरेन्सका प्रबन्धक खगेश्वरी भट्ट बोकटी, औषधी व्यवसायी संघका अध्यक्ष राम चन्द्र वुडा , निङ्गलाशैनी भगविति मन्दिर सेवा समितिका अध्यक्ष करविर भण्डारी, लगायत अतिथिले शुभ कामना मन्तव्य दिनु भएको थियो । साधारण सभाको बन्द सत्रमा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋण उपभोक्ता, जेष्ठ नागरिक लगायत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो , भने सहकारीले ऋण तथा बचत बाहेक रेमिटेन्स सेवा, विमा सेवा, बिज वृद्धि, कष्टम हायरिङ्ग सेन्टर संचालनमा ल्याएको छ भने आगमी दिनमा स्कुल अफ को अपरेटिभ तथा दुग्ध खरिद तथा विक्री केन्द्र संचालनको अन्तिम तयारी रहेको कुरा कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताउनु भएको
थियो ।

आर्थिक बर्ष २०७९/८० मा सहकारी संस्थाको तरलता २२ प्रतिसत रहेको, निक्षेपमा १३.७५ प्रतिसत, लगानीमा ७.५७ प्रतिसत, शेयर वृद्धिमा १७.३१ प्रतिसत, सदस्य वृद्धिमा १०.४१ प्रतिसत तथा सम्पत्तिमा ०.८१ प्रतिसतले वृद्धि भएको थियो भने चालु आर्थिक बर्ष दे सहकारीका सम्पूर्ण सदस्यहरुले दैनिक रु १०।– अनिवार्य रुपमा बचत गर्ने निर्णय सगै निती, कार्यक्रम तथा १ अर्ब १२ करोडको ८० लाखको अनुमानित आय व्यय समेत पारित गरि साधारण सभा सम्पन्न भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img