
पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा तेस्रो कञ्चनपुर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजनामा आउदो २९ गते सुरक्षित र दिगो विकासका लागी उत्थानशील पालिका मंचको तेस्रो कञ्चनपुर सम्मेलन–२०८० हुदैछ । सम्मेलनमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसीएले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्दै आईरहेको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका अफिसर गणेश दत्त ठगुन्नाले तेस्रो कञ्चनपुर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । ‘तेस्रो कञ्चनपुर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेका छौं, सम्मेलनका लागी सामान्य तयारी मात्रे बाँकी छ्’ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका अफिसर गणेश दत्त ठगुन्नाले बताए । दोधारा चाँदनी नगरपालिकाले रंगरोगन, सरसफाई, वाल पेन्टिङ गरेर नगरपालिकालाई सुन्दर बनाउन थालेको छ् ।


पालिका छेउमा रहेको फाहर ब्यवस्थापन लगाएत कार्य अन्तिम चरणमा रहेको छ् । चटक्क सजिएको पालिकामा सुरक्षित र दिगो विकास संगै बिभिन्न प्रकारका विपद्हरुको जोखिम न्यूनीकरण गर्दै उत्थानशील पालिका निर्माणमा कञ्चनपुर जिल्लाका सबै स्थानीय तहहरु बीच सहकार्य, समन्वय र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भए गरेका नवीनतम अभ्यास र प्रविधिहरु बारे अनुभव तथा जानकारी आदान प्रदान गर्ने उद्देश्यले कंचनपुर जिल्लाका सबै पालिकाका प्रमुख/अध्यक्ष, उप प्रमुख/ उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र विपद् सम्पर्क व्यक्तिहरुको सहभागितामा दोधारा चाँदनी नगरपालिकामा कञ्चनपुर सम्मेलन–२०८० आयोजना गरिंदै छ् ।


पहिलो कञ्चनपुर सम्मेलन भीमदत्त नगरपालिकाको आयोजनामा २०७८ सालमा सम्पन्न भएको थियो भने दोश्रो सम्मेलन पुनर्वास नगरपालिकाले २०७९ सालमा आयोजना गरेको थियो । दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल हुने तथा सम्मेलनमा यस वर्ष मुख्यतया तीन विषयमा छलफल हुने बताईएको छ् । सम्मेलनको पहिलो सत्रमा कञ्चनपुरका सबै पालिकाहरुमा ठुलो समस्याको रुपमा रहेको जंगली हात्तीले पुर्याईरहेको मानवीय, भौतिक र आर्थिक क्षतिको न्यूनीकरणका उपायहरुको बारेमा छलफल हुने छ् । छलफलको सहजीकरण मानव–हात्ती द्वन्द व्यवस्थापन विज्ञ जेडएसएल नेपालका डा. दिनेश न्यौपानेले गर्ने छन् ।


यस्तै गरि दोश्रो सत्रमा जलवायु जन्य विपदको जोखिम न्यूनीकरणका लागी सबैको लागी पूर्वसुचना विषयमा छलफल हुने छ् र यस सत्रको सहजीकरण आईएचएचआरका डा. संजय देवकोटा, डीसीएका दिनेश गुरुङ लगाएतले गर्ने छन् । विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संघिय, प्रदेश र स्थानीय सरकार बीच समन्यव र सहकार्य तथा विपद जोखिम सुशासन सबलीकरण सम्बन्धमा छलफल हुने तेस्रो सत्रको सहजीकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख ऋषि राज आचार्य तथा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञले गर्ने छन् ।






