गुलरीया: कृष्णपुर नगरपालिकाका बिद्यालयमा बिद्यार्थिहरुलाई सचेतना अभिबृद्धि कार्यक्रम गरिएको छ । आफन्त नेपालको आयोजनामा कृष्णपुर नगरपालिकाका दुई ओटा बिद्यालयमा मानव बेचबिखन, बालश्रम शोषण र लैंगिक हिंसा बिरुद्ध सचेतना अभिबृद्धि कार्यक्रम गरिएको हो । कक्षा ११ र १२ मा अध्ययनरत किशोर–किशोरी विद्यार्थीहरूलाई मानव बेचबिखन तथा ओसारपसार र बाल श्रम शोषण लगायतका विषयवस्तुमाहरूमा सचेत गराई बालश्रम तथा बेचबिखनको जोखिमबाट जोगाउने र मानव बेचबिखन तथा ओसारपसार र बाल श्रम शोषणको रिपोर्टिङ संयन्त्र र त्त सम्वधी संस्थाहरु बारे जानकारी दिने उद्धेश्यले सचेतना अभिबृद्धि कार्यक्रम गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।उनका अनुसार दु वै बिद्यालयमा बालश्रम, बालश्रमशोषण, स्थानागमन, बालश्रम र स्थानागमनको अन्तर सम्वन्ध, मानव बेचबिखन र ओसारपसार, मानव बेचबिखनका स्वरुप, मानव बेचबिखनका उद्धेश्य, मानव बेचबिखनका कारणहरु, मानव बेचबिखन बिरुद्धका अपराध र सजायको ब्यवस्था, मानव बेचबिखनका परम्परागत प्रबृति र नयाँ प्रबृतिहरु, मानव बेचबिखन कसरी हुन्छ, बालश्रम र मानव बेचबिखनको जोखिम भएमा, परेमा रिपोर्टिंग गर्ने सयन्त्र र तत्सम्वन्धी कार्यरत संस्थाहरुको बारेमा जानकारी प्रदान गरिएको थियो ।


त्यसैगरी लैगिंक हिंसा, लैगिंक हिंसाका कारण, महिला बिरुद्ध हुने हिंसा र हिंसाका प्रकार तथा घरेलु हिंसा र घरेलू हिंसा गरेमा हुन सक्ने सजाय लगायतका बिषयबष्तुमा जानकारी प्रदान गरिएको अधिकृत नेपालीले बताए । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान समापनको सन्दर्भ पारेर सुक्रबार श्री सरस्वती माध्यमिक बिद्यालय बाणी र आईतबार श्री उदय माध्यमिक बिद्यालय बंक, कृष्णपुर नगरपालिकामा कार्यक्रम गरिएको हो । कार्यक्रममा कक्षा ११ र १२ का बिद्यार्थिहरुका अतिरिक्त बिद्यालयका शिक्षक र बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम युनिसेफ नेपाल को आर्थिक सहयोगमा एटविन संगको सहकार्यमा आफन्त नेपाल ले सञ्चालन गरिरहेको बाल श्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तरगत लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान समापनको सन्दर्भमा गरिएको हो ।स्मरण रहोस, लैगिंक हिं सा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ यस बर्षको लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन भएको थियो ।












