दोधारा । २५ नोभेम्बर देखि “लैंगिक हिंसाको अन्त्यको सुनिश्चितता महिला र वालवालिकामा लगानीको ऐक्यबद्धता” तथा हिंसा नगरौं, हिंसा सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं भन्ने नाराका साथ शुरु भएको बर्ष २०२३ का लागि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको हिजो अन्तिम दिन । यही अवसरमा माइती नेपाल कञ्चनपुरले जिल्ला सदरमुकाम महेन्द्रनगरको बसपार्क तथा आसपास क्षेत्रमा मानव बेचविन तथा ओसारपसार र लैंगिक हिंसा बिरुद्ध सचेतना फैलाउन घर दैलो एवम् पर्चा पम्फलेट बितरण गरेको छ् । माइती नेपालको नेतृत्वमा सञ्चालित सचेतनामुलक अभियान बिभिन्न सरकोकारवाला सरकारी निकाय तथा गैरसरकारी संघ/संस्था संगको समन्वय र सहकार्यमा सम्पन्न गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनु भएको छ् ।


संयोजक भट्टका अनुसार हिजो मात्रै सम्पन्न कार्यक्रममा बसपार्क र आसपास क्षेत्रका ५ सय बढी जनालाई सम्बन्धित बिषयमा मौखिक जानकारी प्रदान तथा पर्चा पम्पलेट बितरण गर्दै सचेतना प्रदान गरेको छ् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान हरेक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म मनाईने गरिन्छ् । बर्ष २०२३ का लागि १६ दिने अभियानको पहिलो दिन देखिनै माइती नेपाल कञ्चनपुरले बिभिन्न सचेतनामुलक कार्यक्रम, सरोकारवाला संग छलफल तथा समन्वय गर्दै आएको छट् । अभियानको पहिलो दिन २५ नोभेम्बरमा गड्डाचौकी सिमानाका र आसपासको क्षेत्रमा घर दैलो तथा पर्चापम्फलेट बितरण गरी अभियानको शुरुवात गर्दै २६ नोभेम्बरमा भीमदत्त नगरपालिका वडा नं. १४, १६ र १८ का मानब बेचविखनको जोखिममा रहेका २६ जना किशोरीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरेको थियो ।


अभियानकै दौरान २८ नोभेम्बरमा दोधारा चाँदनी नगरपालिका आमभोज स्थित अम्बिका माबिमा किशोरीहरुका लागि अनुशिक्षण, ३० नोभेम्बरमा महेन्द्रनगरको मदन चोकमा दीप प्रज्वलन, तीन डिसेम्बरमा होटल न्यू आनन्दमा मानव बेचविखन तथा ओसारपसार बिरुद्ध कार्यरत सरोकारवाला निकाय तथा संघ/संस्थाका प्रतिनिधि संग अन्तरकृया, नौं डिसेम्बरमा जिल्ला सदरमुकामलाई दोधारा चाँदनी संग जोड्ने चारलेन पक्की पुल आसपासका क्षेत्रमा घरदैलो तथा पर्चा पम्फलेट बितरण हिजो महेन्द्रनगर बसपार्क भित्र तथा आसपासका क्षेत्रमा लैंगिक हिंसा एवम् मानव बेचविखन तथा ओसारपसार बिरुद्ध सचेतना फैलाउन घरदैलो तथा पर्चा पम्पलेट बितरण कार्यक्रको आयोजना गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी गराउनु ।


संयोजक भट्टले यो अभियान सफल पार्न सहयोग गर्नुहने सबै प्रति आभार तथा धन्यबाद ज्ञापन गर्दै लैंगिक हिंसा र मानव बेचविखन तथा ओसारपसार बिरुद्धको यो अभियानमा आगामी दिनहरुमा पनि सबै पक्ष बाट यस्तै सहयोग समन्वय सहकार्य रहने बिश्वास समेत ब्यक्त गर्नुभएको छ् ।






