जनजागरण कृषि सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा रहेको जनजागरण कृषि सहकारी संस्थाको ११ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथिमा वडा अध्यक्ष चक्र बहादुर खडका रहनु भएको थियो ।
साधारण सभामा मन्तव्य राख्नु हुदै वडा अध्यक्ष खड्काले सहकारीको बृहत्तर विकासका लागि सबैको सहयोग, सल्लाह, सुझावका साथ अगाडी बढने बताउनु भयो । उहाँले सहकारीमा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्नका लागि वडाका तर्फबाट व्यवसायीक कृषिका लागि आवश्यक बजेट विनियोजन गरिने बताउनु भयो । सहकारीको भवन निर्माणका लागि कुन निकायबाट सहयोग प्राप्त गर्न सकिन्छ । त्यसका लागि सक्दो पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सहकारीका संस्थापक अध्यक्ष कृष्णदत्त बागले सहकारीमा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले विगतलाई स्मरण गर्दै किसानको खेतमा पुगेर माटो परीक्षण गरी कुन बाली लगाउन उपयुक्त हुन्छ भनेर किसानलाई सल्लाह, सुझाव दिईएको बताउनु भयो । कृषिले अर्थतन्त्रलाई उकास्ने भएकाले सहकारीका माध्यमबाट किसानलाई व्यवसायीक बनाईनु पर्ने उहाँको सुझाव थियो । सहकारीका लेखा संयोजक भवराज निरौलाले कमजोर अबस्था किसानको अबस्थामा सुधार गर्न, भेटघाट, छलफलका माध्यमबाट नेतृत्व विकास गर्ने र सहयोग गर्ने बानीको विकास गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । सहकारीका सदस्य टंकप्रसाद अबस्थीले आर्थिक विकास संगै चेतनाको विकासका लागि सहकारीको भूमिका अहं हुने बताउनु भयो ।

कृषि विकास बैंक शाखा झलारीका लेखापाल दिपेन्द्रप्रसाद भट्टले व्यवसायीक कृषिमा जानका लागि आधुनिक प्रतिविधिमा जानु पर्ने बताउनु भयो । साधारण सभाको उद्घाटन सत्रमा वडा सदस्य जित बहादुर साउद, लक्ष्मी लुहार, सहकारीका पूर्व सचिव शिवराज अबस्थी लगायतले सहकारीको सफलताको सुभकामना दिनु भएको थियो । साधारण सभामा उत्कृष्ट बचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ नागरिक बचतकर्ता, उत्कृष्ट कृषक, संस्थापक समितिका पदाधिकारी, सहकारीबाट ऋण लिएर व्यवसायीक कृषि गर्ने किसान लगायतलाई सम्मान गरिएको थियो । सहकारीका रिक्त रहेका कोषाध्यक्ष पदमा देवराज राज जोशी, सदस्यमा टंकप्रसाद अबस्थी,जयराजअबस्थीलाई चयन गरिएको छ । साधारण सभामा लेखा समितिका संयोजक भवराज निरौलाले आब ०७९/८० को लेखा प्रतिवेदन पेश गर्नु भएको थियो । प्रतिवेदन पेश गर्दै उहाँले सहकारीले उत्पादनशिल क्षेत्रमा रु ४६ लाख ऋण प्रवाह गरी सदस्यहरुको आयआर्जनमा टेवा पुरयाएको बताउनु भयो ।

समयमै रासायनिक मलको आपूर्ति गरी किसानलाई सहज रुपमा सेवा प्रदान गरिएको उहाँले उल्लेख गर्नु भयो । ५० जना सदस्यबाट सञ्चालन गरिएको सहकारीमा हाल चार सय १८ जना सदस्य थपिएका छन । सहकारीको रु चार लाख ७५ हजार ऋण पूजिँ जोखिमा रहेको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार सहकारीको सुद्ध नाफा रु तीन लाख ५७ हजार २२२, मल बिक्रीबाट भएको नाफा रु एक लाख ५५ हजार ५३५ रहेको छ । सहकारीले मलको मात्रै रु १७ लाख ४९ हजार ९६५ को कारोवार गरेको छ । साधारण सभाको सभापतित्व सहकारीका अध्यक्ष नैन सिंह बोहराले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहकारीका सचिव नरेन्द्रप्रसाद भट्टले गर्नु भएको थियो ।

ताजा समाचार