महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र १८ नम्बर वडास्थित महेन्द्रनगरका केही स्थानिय आन्दोलनमा उत्रेका छन् । आफ्नो सेप्टी ट्याङकीको पानी ढलमा मिसाउन पाउनुपर्छ भन्दै केही स्थानियहरु शुक्रवार नगरपालिकाको कार्यालय पुगेका थिए । एसियाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारमा निर्माणाधिन ढलमा केही व्यक्तिहरुले नाली तोडेर सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए । नगरपालिको अहिले त्यसरी ढलमा मिसाइएका सेप्टी ट्याङकीको पानीका पाइप काटिरहेको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
सेप्टी ट्याङकीको पानी सिधैँ ढलमा मिसाउदा हुनसक्ने स्वास्थ्य समस्या एवम् महामारीलाई मध्यनजर गर्दै नगरपालिको सेप्टी ट्याङकीको पानी ढलमा मिसाउनेहरुका पाइप काट्ने र उक्त कार्य गर्न रोक लगाइरहेको भीमदत्त नगरपालिको जनाएको छ । नगरपालिकाले सो कार्य गर्न नदिएपछि केही स्थानियहरु सेप्टी ट्याङकीको पानी ढलमा मिसाउन पाउनुपर्छ भन्दै नगरपालिका पुगेका छन् । ‘महेन्द्रनगर बजारमा केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए ।’ नगरप्रवक्ता महेन्द्र खड्काले भने ‘नगरपालिकाले अहिले त्यसरी ढलमा मिसाइएका सेप्टी ट्याङकीका पाइप कााटिरहेको
छ ।’
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
उननले अगााडी भने ‘ढलान भइसकेको क्षेत्रमा समेत केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएको जानकारी प्राप्त भएको छ । ती पाइप पनी नालीका ढक्कन निकालेर बन्द गर्ने कार्यमा समेत नगरपालिका अगाडी बढेको छ ।’ उनकाअनुसार यसरी सेप्टी ट्याङकीको पानी ढलमा हाल्दा महामारी फैलिने कुरालाई मध्यनजर गर्दै सो कार्य गर्न नगरपालिकाले रोक लगाइरहेको हो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)