जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा शुक्लाफाँटाको राष्ट्रिय माध्यमिक विद्यालय प्रथम

महेन्द्रनगर : कञ्चनपुरमा आयोजना भएको जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय प्रथम भएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरले आयोजना गरेको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय प्रथम भएको हो ।
१६औं राष्ट्रिय निर्माण दिवसको अवसरमा संघले बुधवार जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । सामुदायिक विद्यालयमा १० कक्षासम्म अध्ययनरत विद्यार्थीले हाजिरीजवाफ प्रतियोगितामा सहभागिता जनाएका निमार्ण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जनप्रसाद भट्टले बताए । प्रतियोगितामा राष्ट्रिय मावि पिपलाडी प्रथम, लक्ष्मी मावि बागफाँटा द्वितीय, बैजनाथ मावि महेन्द्रनगर बजार तृतीय र सिद्ध बैजनाथ मावि बन्साह चौथो भएका छन् । प्रथम हुने विद्यालयबाट १० कक्षाका हिमाल पाण्डेय, विवेक भण्डारी र ९ कक्षाका ईश्वरी जोशी टीममा सहभागी थिए ।
प्रतियोगितामा सहभागी भएका ४४ विद्यालयका टीमलाई ४ समूहमा विभाजन गरेर नकआउट प्रणालीबाट प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा प्रथम हुने राष्ट्रिय मावि पिपलाडीले २१ हजार १११ रुपैयाँ पुरस्कार पाएको छ । दोस्रो लक्ष्मी मावि बागफाँटाले १५ हजार १११ रुपैयाँ, तेस्रो बैजनाथ मावि महेन्द्रनगरले ११ हजार १११ रुपैयाँ र चौथो सिद्ध बैजनाथले ५ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । १६औं निर्माण दिवसको दिन मंसिर २२ गते पुरस्कार प्रदान गरिने अध्यक्ष भट्टले बताए ।

ताजा समाचार