दोधारा चाँदनीमा बिद्याथीलाई लागु औषध नियन्त्रण र साइबर सुरक्षा सम्बन्धी सचेतना


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लागुऔषध दुरुपयोग नियन्त्रण तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र वैष्णवी मिडिया प्रालिको आयोजनामा दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको सभा हलमा एक दिने बिद्यार्थीहरुलाई लागुऔषध दुरुपयोग नियन्त्रण तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक सम्पन्न भएको हो । युवाहरुलाई लक्षित गर्दै बिद्यार्थीहरुलाई एक दिने लागुऔषध दुरुपयोग नियन्त्रण तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमका प्रशिक्षक तथा गैरसरकारी महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले जानकारी दिनुभएको छ् ।

कार्यक्रममा सहभागीहरूलाई लागुऔषधको कुलतले पार्ने शारीरिक, मानसिक तथा सामाजिक असर र यसका कानुनी पक्षहरुका बारेमा जानकारी गराईएको छ् । बढ्दै गएको साइबर अपराधको जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्ने उपाय र इन्टरनेट बैंकिङ तथा डिजिटल कारोबार गर्दा अपनाउनु पर्ने सावधानीका बारे प्रशिक्षण गराईएको प्रशिक्षक अमिर तिरुवाले बताउनुभयो ।

‘लागुऔषधबाट टाढा रहौं, साइबर अपराधबाट सचेत बनौं’ भन्न नारा सहित सञ्चालित सो कार्यक्रममा युवा पुस्ता समाजको मेरुदण्ड भएकाले डिजिटल जगत र कुलतको सही पहिचान गरी सचेत रहन कार्यक्रममा आग्रह गरिएको उहाँले बताउनुभयो ।

सचेतना कार्यक्रमले विद्यार्थीहरूलाई कुलत र अनलाइन ठगीबाट बच्न ठुलो सहयोग पुग्ने दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले विश्वास व्यक्त गर्नुभएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img