छोराको जन्मदिनको उपलक्ष्यमा अनाथालयका बालकहरुलाई दिवा खाजा

कञ्चनपुर : आफ्नो छोराको जन्मदिनको उपलक्ष्यमा कञ्चनपुरको एक परिवारले अनाथालयका बालकहरुलाई दिवा खाजा खुवाएर मनाएको छ । भीनपा –१६ बस्ने हरेन्द्र बहादुर थापा र भबी कुमारी रानाथापाले आफ्नो १३ वर्षका छोरा अस्मीन थापाको जन्मदिनको अवसरमा भीनपा–४ स्थिीत रहेको अञ्चल बालअनाथालयमा रहेका २३ जना बालकहरुलाई दिवा खाजा खुवाउनुको साथै स्टेश्नरी वितरण गरेका छन् ।

भीनपा– १६ मा रहेको प्रभात विद्या निकेतनमा क्यान्टीन सञ्चालन गर्दै आएका थापाले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत आफ्नो छोराको जन्मदिन अनाथालयमा मनाएका हुन् । ‘घरमा त प्राय : जसो प्रत्येक वर्ष मनाइन्छ । तर आफ्ना सन्तान जस्तै यी अनाथ बालकहरुलाई पनि एक दिन राम्रो खाजाको व्यवस्था हुने र उनीहरुलाई अभिभावकत्वको लागि आफ्नो प्रयास रहेको हरेन्द्रले बताए ।’ आउदो वर्ष पनि छोराको जन्मदिनमा सामाजिक कार्य गरेर मनाउने उनले बताए ।

ताजा समाचार