लागु औषध दुव्र्यसन न्यूनिकरण र लैङ्गिकतामा आधारित हिसा न्युनिकरण सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न


कञ्चनपुर : लागु औषध दुव्र्यसन न्यूनिकरण र लैङ्गिकतामा आधारित हिसा न्युनिकरण सम्बन्धमा सरोकारवालाहरु बीच विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान २०८० अन्र्तगत बुधबार भीनपा–८ को वडा कार्यलयमा त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन न्यूनिकरण र लैङ्गिकतामा आधारित हिसा कसरी हुन्छ र त्यसबाट बच्नको लागि के गर्नु पर्छ र त्यसको पहिचान गर्ने बारेमा बताएको थियो । लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष अग्रजी क्यालेण्डरको नोभेम्बर २५देखि डिसेम्बर १० सम्म मनाईने गरिन्छ ।

सोही अवसरमा बुधबार त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन न्यूनिकरण र लैङ्गिकतामा आधारित हिसा न्युनिकरण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक बिनु शाहीले लागु औषधको प्रयोग बाट पर्ने शारिरीक र मानसिक असर, कानुनी सजायका साथै यस बाट कसरी बच्न सकिन्छ भन्ने बारेमा बताउनुको साथै अहिले ईन्टरनेको माध्यम बाट साईबर अपराध कसरी भै रहेको छ र त्यसबाट कसरी बच्ने भन्ने बारेमा वृत चित्र देखाउनुको साथै आफुले काम गर्ने सिलसिलामा देखेका र भोगेका अनुभव पनि बताउनु भयो ।

यस वर्षको राष्ट्रिय नारा ‘‘लैङ्गिक हिसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यवता’’ भन्ने मुल नाराका साथ देश भर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ भने कञ्चनपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन लागेको भीमदत्त नगरपालिका उप–प्रमुख निलम लेखक जोशीले बताउनु भयो । उनले भनिन, ‘विद्यार्थीहरुको हक हितको लागि आफु सधै लागि रहने र शिक्षा आर्जन गर्ने क्रममा कुनै समस्या आएमा आफु सधै विद्यार्थीको हक हितको लागि तयार छु साथै लागु औषध र दूव्र्यसन बाट साधै टाढा रहनु पर्छ जसले गर्दा घर परिवार त वरवाद नै गर्छ समाज पनि ध्वस्त पार्छ ।’ युवा नै देशको भविष्य भएकोले युवाहरुलाई यस प्रकारको लागु पदार्थ सेवन बाट जोगाउनु घर परिवार र समाज सबैले लाग्नु पर्ने र लागु पदार्थलाई सबैले बहिष्कार गर्नु पर्नेमा जोड दिनुु भयो ।

भीमदत्त नगरपालिका– ८ का वडा अध्यक्ष मदनराज मिश्रको सभापत्विमा भीमदत्तनगरपालिका उप–प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यमा रहेको थियो भने अतिथिमा वडा सदस्य देव सिह विष्ट, जिल्ला प्रहरी कार्यलय प्रहरी निरीक्षक विनु शाही, त्रिभुवन माध्यमिक विद्यालय तिलाचौरका प्रअ रमेश कुमार जोशी रहनु भएको थियो कार्यक्रम सञ्चालन भीमदत्त नगरपालिकाकी जेष्ठ नागरिक तथा महिला बालबालिका शाखा प्रमुख कुन्ती लेखकले गर्नु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img