वेदकोटमा ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाईयो


वेदकोट : वेदकोटमा ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाईयो दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता अपांगता भएको व्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यबद्धता भन्ने मुल नाराका साथ ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस आज मनाइएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस कञ्चनपुरको बेदकोट नगरपालिका स्थित भुवनेश्वरी उच्च माध्यमिक विद्यालमा आज मनाइएको हो । वेदकोट नगरपालिका, स्वीट नेपाल र निड्स नेपाल कञ्चनपुरको सहकार्यमा भएको सो कार्यक्रमको सभाध्यक्ष राट्रिय दृष्टिविहिन संघका अध्यक्ष वलराम पन्त रहनु भएको थियो । उक्त कार्यक्रममा बेदकोट नगरपालिकाका सवै वडाका अपांगता भएका व्यक्तिहरुको सहभागिहरुलाई नाक, कान, घाटी लगायतका स्वास्थ्य शिक्षा र मनोसामाजिक परामर्श दिएको बेदकोट नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिकका शाखा प्रमुख राधिका पन्तले जानकारी दिईन् ।

अपांगता भएका व्यक्तिहरुलाको लेखाजोखा गरेर कुन व्यक्तिलाई के आवशयकता पर्छ सोही अनुसारको सामग्री सहयोग गर्दै आएको विशिष्ट अतिथि बेदकोट नगरपालिकको प्रशासकिय अधिकृत पदम राज भटट्ले बताए । आफुबाट हुने सहयोगको लागी आफ्नो सदैव साथ रहने बताउदै अपांगता भएका व्यक्तिहरुको मनोवल बढाउन संघ संस्था लगायत सवै तह तप्काबाट सहयोग गर्नु पर्ने कुरा प्रमुख अतिथि कञ्चनपुरको बेदकोट नगरपालिकको नगर उपप्रमुख तुलसी जोशीले जोड दिईन् साथै उक्त कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका नाक, कान घाँटी रोग बिषशेज्ञ डाक्टर प्रशान्त भट्ट स्विट नेपालका अध्यक्ष अमिर तिरुवा, निड्स नेपालका निवर्तमान अध्यक्ष अन्जु भट्टको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img