भुकम्प प्रभावित परिवारलाई चिसोयाममा लगाउने लुगा कपडा वितरण


शिवजी मण्डेल/बझाङ :  बझाङको केदारस्युँ गाउँपालिका-९ का भुकम्प प्रभावित परिवारलाई चिसोयाममा लगाउने लुगाकपडा वितरण गरिएको छ । वडा कार्यालयमा आइतबार आज एक कार्यक्रमको आयोजना गर्दै गत असोज १६ गते गएको भुकम्पबाट प्रभावित ३७ परिवारलाई लुगाकपडा वितरण गरिएको हो ।

भुकम्प प्रभावित आर्थिक अवस्था कमजोर भएका विपन्न एकल महिला अपांग र दलित ३७ घरपरिवारलाई बलाङ्केट ज्याकेट, टोपी, मोजा, सल, पि-फम वितरण गरिएको प्रगतिशील युवा समाज केदारस्युँ गाउँपालिका १ बालसंरक्षण परियोजनाकी फिल्ड सामाजिक परिचालक शान्ति भण्डारीले बताउनुभयो । उनका अनुसार लुगाकपडा वितरण कार्यक्रममा वडाध्यक्ष नन्दलाल बोहरा , पार्टी प्रतिनिधि , सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र पत्रकारको उपस्थिति रहेको थियोे । योसँगै केदारस्युँ गाउँपालिकामा भुकम्प प्रभावित परिवारलाई चिसोयाममा लगाउने लुगाकपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार वडा नम्बर ९ मा उक्त सामाग्री वितरण गरिएसँगै पालिकामा चिसोयाममा लगाउने लुगाकपडा कार्यक्रम सम्पन्न भएको हो । भुकम्पबाट प्रभावित भएका परिवारलाई जाडोबाट बचाउने उदेश्यले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित प्रगतिशील युवा समाज चैनपुर बझाङको सहकार्यमा केदारस्यु गाउँपालिका भुकम्प प्रभावित प्रति परिवारलाई ८ हजार ७ सय ७१ रुपैयाँ बराबरको चिसोयाममा लगाउने सामाग्री वितरण गरिएको प्रगतिशील युवा समाज केदारस्युँ शिक्षा अधिकृत दिनेश खड्काले बताउनुभएको छ ।

पीरमा परेका बेला चिसो बढ्दै गरेको समयमा जाडोमा प्रयोग हुने लुगाकपडा पाउँदा भुकम्प प्रभावित खुसी भएका छन । गाउँपालिकाभरका वडा नम्बर १ देखि ९ सम्मका भुकम्प प्रभावित आर्थिक अवस्था कमजोर भएका विपन्न एकल महिला अपांग र दलित गरि २ सय परिवारलाई  चिसोयाममा लगाउने सामाग्री वितरण गरिएको अधिकृत खड्काले भनाइ रहेको छ । त्यस्तै जयपृथ्वी नगरपालिकाका भुकम्प प्रभावित १ सय परिवारलाई पनि उक्त सामाग्री वितरण गरिएको जनाइएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img