कञ्चनपुरमा विश्व एड्स दिवस भब्यताका साथ मनायो

महेन्द्रनगर : कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा ३६ औं विश्व एड्स दिवस एक कार्यक्रमका बिच भब्यताका साथ मनाएको छ।

शुक्रबार एक कार्यक्रमका साथ स्वास्थ्य कार्यालय कञ्चनपुरको मुल केट हुँदै प्रभातफेरी महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पताल रोड, गल्ली नम्बर ५, हुलाक रोड नेपाल टेलिकम बाट स्वास्थ्य कार्यालय कञ्चनपुरको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो।

बजारका विभिन्न ठाउँ हुँदै प्रभातफेरी निकालिएको थियो। जसमा विभिन्न सरकारी ,स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख,प्रतिनिधि तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वयंसेविका, लक्षित वर्ग लगायत पत्रकारहरुको उपस्थिति रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका एड्स फोकलपर्सन उद्धब सिंह ठगुन्नाले जानकारी दिनुभयो । उनले कञ्चनपुर जिल्लाको एचआईभीएड्सको अवस्था कस्तो रहेको छ भन्ने बारेमा पनि जानकारी दिएको थियो।

महाकाली प्रादेशिक अस्पतालका मेसु अर्जुन भट्टले एचआइभी/एड्सबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख , प्रतिनिधि , भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशि लगायतले बोल्नुभएको थियो ।

‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ कञ्चनपुर, कैलाली लगायत देशभर शुक्रबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि एड्स दिवस मनाएको छ। दिवसको अवसरमा कञ्चनपुरका विभिन्न गैरसरकारी संघसंस्था लाई स्वास्थ्य कार्यालय कञ्चनपुरले प्रशंसा पत्रका साथ सम्मान गरेको हो।

ताजा समाचार