शिवधाम क्षेत्र विकास समितिको नवनिर्वाचित कार्य समितिको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न


कञ्चनपुर : एक विशेष कार्यक्रमका बिच नवनिर्वाचित कार्यसमिति शिवधाम क्षेत्र विकास समितिको नवनिर्वाचित कार्य समितिको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्षता शिवधाम क्षेत्र विकास समितिका नवनिर्वाचित अध्यक्ष हेमविक्रम थापाले गर्नु भएके थियो । नवनिर्वाचित कार्य समिति पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता पदमराज भट्टले सपथ ग्रहण गराउनु भएको थियो । समितिले विद्यान बमोजिम थप सदस्यहरु मनोनित समेत गरेको छ ।

संस्थागत विकास तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका व्यक्तीहरु इं कृति बहादुर चन्द, इ. गणेश देव भट्ट लोक बहादुर चन्द, चन्द्रकला पन्त, राजेन्द्र प्रशाद जोशी, गौरी प्रसाद जोशी, हरी शरण भट्ट, लोकराज बोकटी रहनु भएको छ ।अध्यक्ष थापाले निवर्तमान कार्य समितिको कार्यकालका निर्णयहरु कार्ययोजनाहरु पुरा हुन नसकेका कार्यहरुलाई निरन्तरता दिदै योजना बद्द भएर आगामी दिनहरुमा विकासका लागि अघि बढने बताउनु भयो ।

साथै वार्षिक साधारण सभा तथा अधिवेसन सफलता पूर्वक सम्पन्न गर्नुहुने सम्पुर्ण महानुभावहरुलाइ धन्यवादन ज्ञापन गर्नु भएको थियो समतिले विद्धवान अधिवक्ता पदमराज भट्टलाई कानुनी सल्हकारमा निरन्तरता दिने निर्णय गरेको समितिका महासचिव लोक विक्रम थापाले बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img