महाकाली नदीमा ¥याफ्टिङ्ग संचालनमा जोड


कञ्चनपुर : कञ्चनपुर स्थित महाकाली नदीमा ¥याफ्टिङ्ग(जल यात्रा) संचालनमा यहाँका सरोकारवालाले जोडदिएका छन । बिहीबार महेन्द्रनगरमा भीमदत्त नगरपालिकाले आयोजना गरेको महाकाली सम्बाद कार्यक्तममा सहभागि सरोकारवालाले ¥याफ्टिङ्ग(जल यात्रा) संचालनमा जोडदिएका हुन । महाकाली नदी थुप्रै पर्यापर्यटकीय सम्भावना बोकेको नदी भएकाले आर्थिक सम्बृद्धिका लागि जलयात्रा नियमित संचालनमा जोडदिएका छन । उनीहरुले यस अघि पनि भीमदत्त नगरपालिकाले खल्लामछेट्टी क्षेत्रमा साहसिक जलयात्राको सफल परीक्षण गरिसकेकाले हुनाले अब बिलम्ब नगरेर नियमित संचालनमा जोडदिएका छन । पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले महाकाली नदी पर्यटनका लागि थुप्रै सम्भावना बोकेको नदी भएकाले ¥याटिङ्ग व्यवसाय नियमित संचालनमा जोडदिए ।

उनले जलयात्राका लागि निर्माण भएका विद्यमान व्यवस्थालाई व्यवसायिलाई आकर्षिक गर्ने गरि परिमाजित गर्दै संचालनमा जोडदिए । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश भट्टले महाकाली नदीमा संचालन गर्ने ¥याफ्टिङ्ग आर्थिक विषय केन्द्रीतमा जोडदिए । उनले ¥याफटिङ्ग व्यवसायमुखी बनाउन सरकारी सहयोग आवश्यक रहेको बताए । रिर्भर गाईड कृष्ण भाटले आफुले केही बर्ष अघि रिर्भर गाईड तालिम लिएपनि संचालन नहुदा सीकेको सीप समेत बिर्सिन लागेको बताए । उनले पुन नियमित संचालन हुनुपर्ने बताए । उनले ¥याफटिङ्ग गर्दा जोखिम निम्तिने भएकाले उक्त जोखिमलाई समेत मध्य नजर गर्दै अघि बढ्नुपर्नेमा जोडदिए । निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले नीति परिर्वतन गरेरै भएपनि यस क्षेत्रको सम्बृद्धिसंग जोडिएको विषय भएकाले संचालनमा जोडदिए । त्यसका लागि तीनै सरकार अग्रसर हुनुपर्ने बताए । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले भीमदत्त नगरपालिका क्षेत्रमै पर्ने महाकाली नदीमा प्रसस्तै सम्भावना बोकेको बताए । अध्यक्ष बोहराले योजना संचालनमा कर्मचारी अग्रसर नहुँदा विगतमा कर्मचारी भ्रष्टाचारमा मुछिदा समस्या ¥याटिङ्ग सहितका योजनाले गति लिन नसकेको बताए ।

अक्सफामका रिर्भर म्यानेजर राजन सुवेदीले दुवै देशका मन्त्रालय स्तरमा सम्बाद गरेरै भएपनि कानुनी बैद्यताका साथ संचालनमा जोडदिए । भीमदत्त नगरका कानुन अधिकृत बिरेन्द बहादुर सिहले महाकाली नदीमा ¥याफटिङ्ग संचालन एव जलयात्रा ०६३ संशोधन गर्नुपर्ने सुझाव दिए । रुडुकका राष्ट्रिय अध्यक्ष डा.कृष्ण कुमार श्रेष्ठले महाकाली नदीमा ¥याफटिङ्ग संचालन गर्न दुवै देशका उच्च तहमा समन्वय गरेर नियमावली संशोधनमा जोडदिए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले ऐन कानुन अनुरुप मात्रै ¥याफटिङ्ग संचालनमा जोडदिए । भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीले महाकाली नदी साझा भएकाले ¥याफटिङ्ग संचालनका लागि दुवै देशविच सहकार्य गरेर अघि बढ्ने बताए । नगर पर्यटन विकास समितिका सदस्य सचिव मनोज प्रशाद भट्टले कार्यक्रम संचालन गर्दै महाकाली नदीमा ¥याफ्टिङ्ग संचालनका लागि सबै सरोकारवाला अग्रसर हुनुपर्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img