नदीजन्य पदार्थमा अग्राधिकारको माग

नदी प्रभावित क्षेत्रका बासिन्दा भन्छन, अनुगमनमा नाममा फोटो खिच्ने, अश्वासन बाँडने प्रतिवद्धता पुरा नगर्ने हो भने ठेक्का लाग्न दिदैनौं


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका नदी प्रभावित क्षेत्रका बासिन्दाले नदीजन्य पदार्थमा अग्राधिकार कायम गरिनु पर्ने माग अघि सारेका छन । चुरे क्षेत्र भएर बग्ने गौडी, घरकटुवा, र अनौखी खोलामा नदीजन्य पदार्थ सङ्कलन र उत्खनन्का लागि प्रारम्भीक वातावरणीय प्रभाव परीक्षण प्रतिवेदन तयारीका लागि आयोजना गरिएको छलफल कार्यक्रमका सहभागीहरुले नदी प्रभावित क्षेत्रका बासिन्दाको हितलाई ध्यानमा राखेर मात्रै कार्य अगाडी बढाईनु पर्ने माग अघि सारेका हुन । नगरपालिकाको वडा नं ८ पारिफाँटाका वन वातावरणका क्षेत्रम लामो समय देखि क्रियाशिल केशव सिंह धामीले वातावरण र बस्तीलाई असर नपर्ने गरी नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी उत्खनन्को कार्य गरिनु पर्ने बताउनु भयो । प्राकृतिक साधन श्रोतमा पहिलो अधिकार स्थानिय बासिन्दाको हुनु पर्ने उहाँले बताउनु भयो । “नदी प्रभावित क्षेत्रका बासिन्दाको हितलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरे मात्रै नदीजन्य पदार्थ सङ्कलन, उत्खनन्को कार्य गर्न दिन्छा”ैं उहाँले भन्नु भयो, “ त्यसका लागि तटबन्ध, सडक स्तरोन्नतीका कार्यलाई अगाडी बढाउने लिखित प्रतिवद्धता पहिलेनै गरिनु पर्छ ।” वातावरणमा पर्ने प्रभाव संगै यस क्षेत्रमा बसोवास गर्ने बासिन्दाको स्वास्थ्यमा हानी पुग्ने प्रकारले नदीजन्य पदार्थको दोहन हुन नदिईने उहाँको भनाई थियो ।

अर्का मणिकाधाम टोलका प्रेम बहादुर खातीले गत वर्ष नदीजन्य पदार्थ उत्खनन् र सङ्कलनका लागि ठेक्का भएका ठाउ भन्दा अर्को ठाउमा पुगेर ठेकेदारले नदीजन्य पदार्थ उठाउदा बाढीले बस्तीनै उठिवासमा पारेको बताउनु भयो ।
“नदीजन्य पदार्थको जथाभावी रुपमा दोहन गर्दा खोला गाउँमै पस्यो” उहाँले भन्नु भयो, “खेतमा रोपेको धानबाली बाढीको डुवानमा पर्दा पुरै नोक्सानी व्यहोरयौं, अहिले चामल बजारबाट खरिद गरेर खानु पर्ने अबस्था आइलागेको छ ।”
गत वर्ष नगर प्रमुखले बस्तीमै पुगेर सडक बनाउने जिम्मा मेरो हो, तटबन्ध बनाउछौं ठेक्का लगाए यस क्षेत्रकै मुहार फेरिन्छ भनेर भ्रममा राखे पुरानै नियति दोहरयाउन यस पटक नदिईने उहाँले उल्लेख गर्नु भयो । एक दशक देखि चरिचरन नियन्त्रण गरी घाँस जोगाएर नदी नियन्त्रण गरिएको जानकारी दिदै दमन ठगुन्नाले नदीजन्य पदार्थको ठेक्का हुदा चुरे क्षेत्रमै पुगेर ठेकेदारले उत्खनन् गर्दा खोला बस्ती तर्फ सोझिएको बताउनु भयो । “अझै नदीजन्य पदार्थ सङकलन उत्खनन्का लागि ठेक्का लगाउने कार्य भैरहेको छ” उहाँले भन्नु भयो, “बस्ती सुरक्षित गर्ने जिम्मा नगर प्रमुखले लिनु पर्छ ।” समाजसेवी सोभन सिंह ठगुन्नाले नदीजन्य पदार्थ बोक्ने ढुवानीका साधनबाट बस्ती क्षेत्रमा धुवाँ धुलो भै स्थानिय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यसको निराकरणका लागि प्रयास हुनु पर्ने बताउनु भयो । ढुवानीका साधनकै कारण सडक बिग्रीने भएकाले वडा कार्यालय संग अग्रिम सम्झौता गरी सडक सुधार संगै कालोपत्रे गर्ने कार्य हुनु पर्ने उहाँले उल्लेख गर्नु भयो ।

“समान्य मर्मत गरी सडक सुचारु गर्ने कुरा मान्य हुदैन” उहाँले भन्नु भयो, “त्यसका लागि दीगो समाधानका उपाय अवलम्बन गरिनु पर्छ, नदीजन्य पदार्थ उत्खनन् गर्दा बस्ती क्षेत्रमा खोला छिर्ने संभावना हुने भएकाले बलियो तटबन्ध निर्माण हुनु पर्छ ।” बेलडाँडी गाउँका अगुवा करन सिंह बोहराले गत वर्षको ठेक्का हुदा सडक बनाई दिन्छौं, तटबन्ध बनाई दिन्छौं भनेर अनुगमनका नाममा फोटो खिच्ने काम मात्रै भएको बताउनु भयो । “सडक सुधारका नाममा कहि कतै माटो छर्ने कार्य भयो” उहाँले भन्नु भयो, “सडक सुधारका लागि भनेर छुट्टयाईएको रु १० लाख बजेट कुन क्षेत्रमा लगानी गरियो, थाहा हुन सकेन,ठेक्का विचमै तोडेर ठेकेदार भागे पछि सडक, तटबन्ध बनाउने कार्य अलपत्रनै पारियो ।” “गत वर्षको नदीजन्य पदार्थको ठेक्का लगाउदा वडा अध्यक्षले हुदैन भनेपनि हामीले गाउँको विकास हुन्छ भनेर साथ दिएका हौं” स्थानिय तिलक जप्रेलले भन्नु भयो, “ढुङगा, गिट्टी, बालुवा, ग्राभेल उठाउन दिनोस, तटबन्ध बनाई दिन्छौं भनेर नगर प्रमुखले भनेका थिए, खोई तटबन्ध बनाईएको, खोइ सडक सुधार गरिएको भ्रममा राखेर कार्य गरियो ।” नगरपालिकाले पाउने रोयल्टीको पुरै रकम प्रभावित क्षेत्रका बासिन्दाका लागि खर्च गरिनु पर्ने त्यसका लागि ठेक्का हुन अगावै लिखित प्रतिवद्धता नगर प्रमुखबाट आउनु पर्ने उहाँले बताउनु भयो । वडा नं ९का वडा अध्यक्ष रमेश बहादुर ऐरले नगरको बृहत्तर विकासका लागि आर्थिक अबस्था बलियो हुनु पर्ने बताउनु भयो । उहाँले आन्तरिक आयका लागि नदी, खोला,नालाको ढुङगा, गिट्टी, बालुवा, ग्राभेलको ठेक्का लाग्नु जरुरी रहेको बताउनु भयो ।

गत वर्ष ठेक्का लागेको खोला प्रभावित क्षेत्रका बासिन्दाका लागि रु १० लाखमा सडक स्तरोन्नती गर्ने कार्य हुन नसकेपछि निर्माण व्यवसायीको रकम भुक्तानी गर्ने कार्य रोकिएको बताउनु भयो । वडा नं ८का वडा अध्यक्ष बहादुर सिंह महराले नदीजन्य पदार्थ सङकलन, उत्खनन्का लागि ठेक्का सम्झौता हुने नदी प्रभावित क्षेत्रका बासिन्दालाई अग्राधिकार दिएर मात्रै कार्य अगाडी बढाईने बताउनु भयो । नगर उप प्रमुख कल्पना पन्तले नगरको विकासका लागि प्रयाप्त बजेटको आवश्यकता रहेको दर्शाउदै उहाँले आन्तरिक आय बढाउनका लागि प्राकृतिक साधन श्रोतको सहित सदुपयोग हुनु पर्ने कुरामा जोड दिनु भयो । नगर प्रमुख रण बहादुर महराले प्रारम्भीक वातावरणीय प्रभाव परीक्षण प्रतिवेदनले निर्दिष्ट गरेका प्रावधानमा रहेर नदीजन्य पदार्थ सङकलन, उत्खननका लागि ठेक्का लगाईने बताउनु भयो । गत वर्ष वनहरा र अनौखी खोलाको नदीजन्य पर्दाथको ठेक्का लगाउदा नयाँ निर्वाचित भएर आएकाले त्यति अनुभव नहुदा कार्य सन्तोषजनक ढंगले अगाडी बढन नसकेको उहाँले स्वीकार गर्नु भयो । “अव यस बारे धेरै अनुभव भएको छ उहाँले भन्नु भयो, नदीजन्य पदार्थ सङकलन, उत्खननका लागि ठेक्का लगाउदा ४० प्रतिशत रोयल्टी वाफत आउने रकम प्रदेशलाई छुट्टाउनु पर्छ” उहाँले भन्नु भयो, “बाँकी ६० प्रतिशत रकमलाई सय प्रतिशत मानेर प्रभावित क्षेत्रका बासिन्दालाई कति दिन सकिन्छ, त्यसका लागि तयार छौं ।” गत वर्ष सडक चौडा गर्ने कार्य र नदीमा तटबन्ध बनाउने कार्य गरिएको उहाँको जिकिर थियो । “गत वर्ष पनि बेइमानी गरेका छैनौं” उहाँले भन्नु भयो, “यस पटक पनि इमान्दारी पूर्वक जनताको हित हुने गरी कार्य गर्न चाहन्छौं ।”


Loading Viewer...

ताजा समाचार

spot_img