अमर शहीद भीमदत्त पन्तको ९८ओे जन्म जयन्ती कार्यक्रम सम्पन्न


कञ्चनपुर : अमर शहीद भीमदत्त पन्तको ९८अौं जन्म जयन्ती कार्यक्रम मनाइएको छ। अाइतबार स्थानीय भीमवाटिकामा रहेको शालिकमा माल्यार्पण गरी मनाइएको हो।

अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय कन्चनपुरले अायोजना गरेको जन्मजयन्ती कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी उपसचिव नर बहादुर बिक प्रमुख अतिथि रहेका थिए। उक्त कार्यक्रममा विशिष्ट अतिथी भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता महेन्द्र खड्का, भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्र देवकोटा, भीमवाटिका अध्यक्ष प्रसान्त भट्ट रहनुभएको थियो।

कार्यक्रममा वक्ताहरुले शहीद पन्तले समाज रुपान्तरण र किसान अान्दोलनमा योगदान पुर्याएको बताए । प्रतिष्ठान का कार्य वाहक अध्यक्ष हरि प्रसाद जोशीको अध्यक्षता मा गरिएको माल्यार्पण कार्यक्रम मा स्वागत मन्तव्य प्रतिष्ठानका सचिव कर्ण बहादुर चन्द, कार्यक्रमको संचालन प्रतिष्ठान का सदस्य अम्बा दत्त तिवारी गर्नु भएको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img