भुतपुर्व विद्यार्थी समाज महेन्द्रनगर माद्यमिक विद्यालय (सधारण स्कुल) को प्रथम साधारण सभा सम्पन्न


कञ्चनपुर : भुतपुर्व विद्यार्थी समाज महेन्द्रनगर माद्यमिक विद्यालय (सधारण स्कुल) ले प्रथम साधारण सभा सम्पन्न गरेको छ।शनिबार समाजका संस्थापक अध्यक्ष सुनिल दत्त ओझाको अध्यक्षतामा तथा स्कुलका प्रथम ब्याचका विद्यार्थी एवम् वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा महेन्द्र माद्यमिक विद्यालय (सधारण स्कुल) का विद्यालय व्यव्सथापन समिति अध्यक्ष बिरेन्द्र राज विष्ट, प्रधानाध्यापक ललित सिहं साउद, पूर्व प्रधानाध्यापक पुष्पमणी भट्ट लगायतको विशिष्ट आतिथ्य रहेको थियो।

समाजका सचिव माधव प्रशाद भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका कार्यसमिति सदस्य एवम् मझगाउ बिमानस्थल पुनः संचालन समितिका सचिव अभियन्ता राजेन्द्र बहादुर चन्दले स्वागत मन्तव्य राखेका थिए।
यसैगरी भेला बाट संस्थापक अध्यक्ष सुनिल दत्त ओझा सहितको १३ सदस्यीय कार्य समितिलाई नै सर्वसम्मतले चयन गरी नयाँ कार्यसमिति चयन गरिएको समाजका कार्यसमिति सदस्य राजेन्द्र बहादुर चन्दले जानकारी दिएका छन्।

जसमा अध्यक्षमा सुनिल दत्त ओझा, उपाध्यक्षमा दिपेन्द्र भण्डारी, महासचिवमा शान्ती पन्त विष्ट, सचिवमा माधव प्रसाद भट्ट, कोषाध्यक्षमा जय बहादुर महरा र सदस्यमा विशन देवी जोशी, पुष्पमणी जोशी, जयन्ती थापा, केशब दत्त भट्ट, पुष्पा जोशी, राजेन्द्र बहादुर चन्द र टेक बहादुर चन्द रहेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img