पत्रकार धन बहादुर बोहरा (डिबी)लाई पितृ शोक


कञ्चनपुर : पत्रकार धन बहादुर बोहरा (डिबी) लाई पितृ शोक परेको छ । पत्रकार बोहराका बुवा जसी बोहराको ६५ बर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । डडेल्धुरा जोगबुडा निवासी जसी बोहराको आज बिहान निधन भएको परिवारले जनाएको छ ।

अभियान दैनिकका सह–सम्पादक समेत रहेका बोहराका बुवा जसी बोहरा केही दिन अघी मात्रै महेन्द्रनगरमा उपचार गरी घर फर्केका थिए। उपचार पश्चात पनि उनको स्वास्थ्य अवस्था ठिक नभएपछी आइतबार उनलाई कैलाली अस्पताल लैजाने तयारी चलिरहेको थियो ।

लामो समय देखि अभियान दैनिकमा सह–सम्पादक रहेर काम गर्दै आएका थिए । पत्रकार बोहराका बुवाको निधनले कञ्चनपुरबासी पत्रकारहरुलाई दुःखद तुल्याएको छ दुखको यस घडीमा सबै पत्रकारहरुले समवेदना प्रकट गरेका छन्। यसैबीच जसी बोहराको शनिबार बेलुका जोगबुडाको नदी तटमा अन्तिम संस्कार गरिएको छ । गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img