लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा अन्तरक्रिया सम्पन्न

दोधारा । लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान.अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा आज एक अन्तरक्रिया सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाव कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल कञ्चनपुर लगाएत संघ–संस्थाको सहकार्यमा अन्तरक्रिया सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जानकारी दिएका छन् । कार्यक्रममा नगर क्षेत्रमा रहेको बिभिन्न संघ–संस्था, महिला अधिकारकर्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधी लगाएत सरोकारवालाको उपस्थिती रहेको थियो ।

लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको एक्कबद्धता तथा हिंसा नगरौं, हिंसान सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं नारा सहित संचालन भएको अन्तरक्रियाका सभापती दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी रहेका थिए । हिंसा अन्त्य गर्न शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्न कार्यक्रममा सवैमा आग्रह गरिएको छ् । लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भएको कार्यक्रममा बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा दबेी जोशीले लिंगको लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानलाई सफल बनाउन सबै जना एक जुट हुनु पर्ने बताएका छन् । लैङ्गिक हिंसा अन्त्य गर्न आफैबाट सुरु गर्नु पर्ने उनले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले लैंगिक हिंसा, घरेलु हिंसा र लागु औषध दुरुपयोग सम्बन्धी जनचेतनामुलक प्रशिक्षण गरेका थिए ।

ताजा समाचार