महाकाली नदिको रोयल्टीः दुई कम्पनीले हाले ठेक्का,केही दिनमा घाट खुल्ने


महेन्द्रनगर :  महाकाली नदिको प्राकृतिक श्रोत नदिजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी)को विक्रि शुल्क संकलन (रोयल्टी) का लागी दुई निर्माण कम्पनीले ठेक्का हालेका छन् । भीमदत्त नगरपालिका स्रोतका अनुसार महाकाली नदिको नदिजन्य पदार्थ विक्रि तथा संकलनका लागि दुई वटा निर्माण कम्पनीले ठेक्का हालेका छन् ।

अब थप कानुनी प्रक्रिया पुरा गरेर केही दिनमै नदिजन्य पदार्थको विक्र तथा संकलनका लागि घाट खुल्ला गरिने नगरपालिका स्रोतले बताए । नगरपालिकाले महाकाली नदिबाट नदिजन्य पदार्थ विक्रि तथा संकलनका लागि २०८० कात्तिक २० गते न्यूनतम कबोल अंक ६ करोड ८४ लाख १२ हजार ४७८ रुपैया ६० पैसा भ्याट बाहेक दोस्रो पटक सूचना प्रकाशित गरी टेण्डर आवहन गरेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img