विद्यार्थीलाई लागु औषध दुव्र्यशनी बिरुद्ध सचेतना


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरका विद्यार्थीलाई लागु औषध दुव्र्यशनी बिरुद्धमा सचेतना गराईएको छ । युथ भ्वाईस ग्रुप र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अगुवाईमा बुधबार भीमदत्त नगरपालिकाको एक विद्यालयका विद्यार्थीलाई लागु औषध दुव्र्यशनी बिरुद्धमा सचेतना गराईएको हो ।

भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित महाकाली जनसेवाका विद्यार्थीलाई लागु औषधका दुव्र्यशनी बिरुद्धमा सचेतना गराईएको छ । कार्यक्रममा युथ भ्वाईस ग्रुप शिक्षा शाखा प्रमुख भोजराज भट्ट, विद्यालयका प्रअ भक्त बहादुर कार्की, प्रहरी नायब निरीक्षक चेतराज पन्त सहितले लागु औषध निर्मुलकिरण बारे अभिमुखिकरण गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img