पत्रकार एव कौसिबारीका अभियन्ता धामीको ड्रागनफलका बिरुवा निशुल्क वितरण अभियान जारी

कञ्चनपुर : कञ्चनपुरका पत्रकार एंवम कौसिबारीका अभियन्ता धन सिह धामीले ड्रागनफलको बिरुवा निशुल्क वितरण गर्ने अभियान जारी राखेका छन । भीमदत्त नगरपालिका –४ महेन्द्रनगर आफ्नै निवासको कौसीबारीमा ड्रागनफल उत्पादन गरेर उदाहरणीय काम गरेका धामीले ड्रागनफलको बिरुवा निशुल्क वितरण जारी राखेका हुन । यसैसिलसिलमा भीमदत्त नगरपालिका ११ वडा अध्यक्ष प्रकाश थापालाई एक सय भन्दा बढि बिरुवा वितरण गरेका छन । धामीले वडा अध्यक्ष थापालाई १ सय ७० बिरुवा निशुल्क हस्तान्तरण गरेका छन । कृषि क्षेत्रमा सानै कौसिबारीबाट भए पनि कृषि क्रान्तिमा युवाहरुको भुमिका हुनुपर्छ भन्ने हेतुले युवाहरुलाई प्रेरित गर्दै कृषक प्रोत्साहन अभियानमा लामो समय देखि लागेका धामीले आफ्नो बारीमा लगाएका विभिन्न तरकारी,फलफुलका विरुवा निशुल्क रुपमा दिदै आईरहेका छन । कौसीबारीका अभियन्ता धामीले भीमदत्तनगर पुरानो बसपार्कबाट कौसिबारीमा लगाएका बिउँ बितरण कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन ।

उनले कृषिमा आत्मनिर्भर बन्न सके भारतबाट आयात हुने बिषदी तरकारी, फलफुल रोक अभियान सफल हुने छ भन्ने अभिप्रायले उक्त अभियानको शुरुवात गरेको बताउ छन । अभियन्ता धामीले यस भन्दा पुर्व विद्यालय,सहकारी तथा व्यक्तिहरुलाई विभिन्न फलफुल का विरुवा निशुल्क रुपमा बाड्दै आएका छन । कौसी कृषि क्रान्ति अभियन्ता धामीले अहिलेसम्म कसैको अनुदान नपाएर नै आफ्नो कार्य निरन्तर जारी रहेको बताउदै आउदा दिनमा पनि थप उत्साहको साथ कार्यलाई निरन्तरता दिने बताएका छन ।

यसैगरी वडा अध्यक्षले धामीबाट पाएको निशुल्क ड्रागलफलको विरुवा आफ्नो वडाबासीहरुलाई वितरण गर्ने र यस्तै केहि थप समाजिक सेवाका कार्यमा आफुपनि चासो राख्ने र आफ्नो वडा बासी लगायत युवाहरुलाई स्वदेश मै आत्मनिर्भरता हुने खालको कार्यमा लाग्न यस्ता कार्यबाट प्रोत्साहन मिल्ने बताएका छन । अधिकाँसले कृषिखेतीका नाममा तीनै सरकारबाट अनुदान लिने खाने प्रवृतिले यस्ता गरि खाने युवा किसान अभियन्ता ओझेलमा पर्दै आएका छन । देशका तीन तीन सरकार छन, तर कमिसन नपाईने भएपछि पालिका, प्रदेश र संघीय सरकारका कृषि शाखा, मन्त्रालय, कार्यालयले वेवास्ता राख्दै आएको सर्वसाधारणको गुनासो छ ।

ताजा समाचार