कञ्चनपुर: आफु नेकपा मालेको नेता हुँ भन्दै कञ्चनपुर महेन्द्रनगरका व्यवसायी एव स्थानीयलाई धक्याएर चन्दा अशुल्न खोज्ने एक गिरोह प्रहरी फन्दामा परेको छ । स्थानीय व्यवसायीहरुलाई धाकधम्की डर त्रास देखाएर चन्दा अशुल्न खोज्ने दुई जना कञ्चनपुर प्रहरी फन्दामा परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले विभिन्न व्यवसायी एव सर्वसाधारणबाट गैर कानुनी रुपमा रकम अशुल्न खोज्ने मुख्य नाईके सहित दुई जनालाई पक्राउ गरिएको बताए । बैतडीको दोगडाकेदार गाँउपालिका ७ छानी घर भई महेन्द्रनगर बसपार्क डेरा गरि गर्दै आएका ४७ बर्षिया चन्द्रदेव जोशी र लेकम गाँउपालिका १ दार्चुला घर भई महेन्द्रनगर बस्दै आएका २६ बर्षिया नरेश साउदलाई पक्राउ गरिएको एसपी थापाले बताए ।
कञ्चनपुरका एसपी थापाले पार्टीको नाम दिएर सर्वसाधारण तथा व्यवसायीलाई डर त्रास, देखाई ज्यान मार्ने सम्मको धम्की दिएर रकम माग्ने मुख्य गिरोहलाई पक्राउ गरिएको बताए । उनीहरुको साथबाट एक थान खुकुरी, २ थान चक्कु,३ थान मोबाईल, ६ सीमकार्ड, मोटरसाईकल र विभिन्न व्यक्ति तथा व्यवसायीहरुको फोन नम्बर उल्लेख भएको टिर्पोट डायर बरामद गरिएको बताए । ‘पीडितले हामीलाई दिएको जाहेरीका आधारमा उहाँहरुलाई समान्त हामीले एम्बुस थापेरै पक्राउ गर्न सफल भएका छौँ, ‘एसपी थापाले भने, ‘६÷६ सीमकार्ड बोकेर फरक फरक नम्बरबाट फरक व्यक्तिलाई चन्दाका लागि फोन गर्दै आएको खुलेको छ ।’ चन्दा अशुल्नका लागि विभिन्न व्यक्ति एव व्यवसायीका फोन नम्बर समेत संकलन गरेको पाईएको एसपी थापाले बताए । उक्त समुहले फोन, समाजिक सञ्जाल मार्फत धम्क्याएर रकम अशुल्न खोजेको भएपनि समयमै पीडित प्रहरीकहाँ आएकाले उनीहरुको धक्दा सफल हुन नसकेको प्रहरीको दावि छ । ‘उहाँहरुले सर्वसाधारण एव व्यवसायीबाट ज्यान मार्ने समेतका धम्की दिएपछि पीडित प्रहरीकहाँ पुगे, त्यसपछि हामीले जुक्ति निकालेर उनीहरुलाई पक्राउ गर्न सफल भएका हौँ, ‘एसपी थापाले भने, ‘कसैबाट नगदै लिन नसकेपनि भावि दिनमा आउनसक्ने दुर्घटना ट¥यो ।’
जोशीले एक जना लाई यस्तो म्यासेज पठाएको पाईयो, ‘हेलो भट्ट सर म्यासेज पढ्नु ध्यान राख्नु तपाईलाई तीनचोटी फोन गरिसके हाम्रो पाटीबाट तिमिलाई अब ठिक हुँदैन, अब मान्न नसके मार्न सकिन्छ । ढोकामा कोही बाच्दैन यो हाम्रो पाटीको नियमय हो । अहिले भूमिगत छु, ख्याल ठट्टा नगर्नु पाँच लाख गरिदिनु भोली तपाईलाई फाईदा होला अहिले पाटी भूमिगत छ । मैले भनेको ठाँउमा पैशा पठाउनु ठिक दुईदिन भित्र नत्र राम नाम सत्य के विचार छ । भनेको ठाँउमा मलाई पठाउनु लार्पबाही नगर्नु भन्दै धम्कीपुर्ण चन्दा माग गरेको म्यासेज गरेका छन । प्रहरी समक्ष र मंगलबार आयोजिक पत्रकार सम्मेलनमा समेत चन्द्रदेव जोशीले आफुबाट गल्ती भएको र केही व्यवसायीलाई चन्दा माग गरेर धम्की दिएको स्वीकार्दै खुलासा गरेका छन । जोशीले पार्टी संगठन विस्तार एव पाटीका कामका लागि चन्दा मागेको बताए । जोशीकै योजना अनुरुप नरेश साउद मतियारको भूमिका निर्वाह गरेको प्रहरीको ठहर छ । उनीहरु बिरुद्धमा प्रहरीले मुलुकी अपराध संहिता ०७४को परिच्छेद २१को दफा २५३बमोजिम कार्बाही प्रहरी अघि बढाएको कञ्चनपुर प्रहरी प्रमुख एसपी थापाले बताए । अहिलेको युगमा कसैले कसैलाई जबरजस्ती,धम्कीपुर्ण र ज्यान लिने त्रास देखाएर रकम अशुल्ने कार्यको स्थानीयले समेत भत्र्सना गर्दै कार्बाहीको माग अघि सारेका छन ।