कञ्चनपुर: भीमदत्त नगरपालिका वडा नं.७,८मा बस्ने युवाहरुले वेदकोट नगरपालिका गाउजी स्थित बैजनाथ वृद्ध सेवा केन्द्रका वृद्धवृद्धाहरुलाई दिपावली २०८० को अवसरमा फलफुल तथा मिष्ठान्न वितरण गरेका छन । स्थानीय युवाहरु अमित प्रसाद भट्ट,पंकज राज भट्ट,शंकर प्रसाद भट्ट,सुशिल कुमार भट्ट,पंकज राज जोशी र लोकेन्द्र सिंहको ६ सदस्यीय टोलीले स्वऐच्छिक रुपमा आफ्नै पैशांबाट फलफुल ,मिष्ठान्न वितरण गरेको हो ।
कार्तिक ३० गतेका दिन वृद्ध सेवा केन्द्रमा सामग्री सहित गएका युवाहरुले सुरुमा आफुहरु वृद्ध सेवा केन्द्रमा आउनुको औचित्य,परिचयसँगै एक एक गरी हरेक वृद्ध व्यक्तित्वहरुलाई मिठाइ, केरा, सुन्तला, जिलेबी, स्याउ, बतासा वितरण गरेका थिए भने केन्द्रका व्यवस्थापक बहादुर सिंह विष्टले केन्द्रको स्थापना देखी हाल सम्मका आरोह अवरोहबारे प्रकाश पार्नु भएको थियो । फलफुल वितरणबाट वृद्ध वृद्धहरु अत्यन्तै खुसी भइ आशिर्वचन प्रदान गरेको कार्यक्रममा केन्द्र व्यवस्थापक बहादुर सिंह विष्टले समेत यस प्रकारको सहयोगले केन्द्रको उर्जा वृद्धि भएको बताउनु भयो ।
साथै केन्द्रलाई प्रदेश सरकार लगायतबाट भवन लगायतको अनुदान प्राप्त भइ रहने बताउदै स्वैच्छिक रुपमा सहयोगदाताहरुको समेत कमी नभएको व्यवस्थापक विष्ट बताउनु भयो । उक्त कार्यमा भी.न.पा ६ निवासी मान प्रसाद भट्ट र खेमराज बोकटी समेतले स्वैच्छिक आर्थिक सहयोग गर्नु भएको थियो । साथै ६ सदस्यीय युवाहरुको टोलीले साथीहरुमा आत्मीयता प्रवर्धनका निम्ति वनभोज समेत गरेका छन । हल्दुखालका युवाहरु समाज सेवाका क्षेत्रमा क्रियाशील रहेको र यस भन्दा पहिले वनखेत स्थित वृद्ध सेवा केन्द्रमा सहयोग गरेको अमित प्रसाद भट्टले बताउनु भयो ।