तस्कर समुहले डोकेबजारदेखि अवैध समान भित्र्राईरहदा सशस्त्रको फन्दा

कञ्चनपुर : तस्कर समुहले कञ्चनपुरको दक्षिणी क्षेत्र डोकेबजारदेखि अवैध समान भित्र्राईरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बिओपी डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राजुसिह भण्डारी नेतृत्वको टोलीले अवैध समान बरामद गरेको जनाईएको छ ।

सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गण मातहत रहेको बिओपी डोकेबजारको टोलीले बरामद गरेको अवैध समान त्रिनगर भन्सार कैलाली बुझाईएको छ । सशस्त्र प्रहरीले ४५ हजार ३२५बराबरको अवैध समान बरामद गरेर भन्सार बुझाएको हो । कञ्चनपुरमा तस्कर समुहले गरिरहेको अवैध गतिबिधीमाथि सशस्त्र प्रहरी निरन्तर एक्सन गरिरहेको छ । तर,पनि तस्कर समुहले तस्करी गर्न नछाडेपछि तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीलाई चुनौती थपिएकै छ ।

ताजा समाचार