बेलौरी कलुवापुर सडक कालोपत्रेको माग अघि सारेर आन्दोलन

कञ्चनपुर :  कञ्चनपुरको बेलौरी–कलुवापुर सडक कालापत्रेको माग अघि सारेर स्थानीय आन्दोलित भएका छन । शनिबारदेखि स्थानीयले सडक कालोपत्रेको माग अघि सारेर आन्दोलन गरिरहेका हुन । स्थानीयले कलुवापुर स्थित दुई स्थानमा सडक अवरुद्ध गरेर आन्दोलन गरेका छन । लामो समयदेखि ठेकेदारले सडक अलपत्र छाडेको भन्दै स्थानीय बाध्य भएर सडकमा आएको बताए । उनीहरुले सडक निर्माणमा कहिले सरकारी निकाय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोध त कहिले ठेकेदारको लार्पबाही सरकार निकाय र जनप्रतिनिधीको वेवास्ताका कारण सडक बन्न नसकेको बताएका छन ।

बेलौरीदेखि कलुवापुर हुँदै उत्तर डडेल्धुरासम्मै जोड्ने उक्त महत्वपूर्ण सडक कालोपत्रेमा चाँन्देवदेखि कालागौडीसम्म निकुञ्जले काम गर्न नदिएपछि सडक धुलाम्मे मात्रै नभई झन झन बिग्रीदै छ । कलुवापुरका स्थानीय जनक चन्दले ठेकेदारले सडक कालोपत्रे गर्छु भन्दै लामो समयदेखि काम नगरेकाले दैनिक हिडडुलमा समस्या हुने भएकाले बाध्य भएर सडक जाम गरेर आन्दोलनमा उत्रिएको बताए । ‘यो सडक कहिले कालोपत्रे भईसक्नुपर्ने हो, तर अहिलेसम्म भएको छैन, ‘उनले भने, ‘यसरी हामी जोखिममा यात्रादेखि बाँच्नुपरेको छ ।’ सडक कालोपत्रे नहुँदासम्म पानी छर्किनुपर्ने उनको भनाई छ ।

माग पुरा नहुँदासम्मै आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन । संघीय सरकारबाट प्रदेश सरकार मातहत आएको सडक सुधारको साटो झन बर्षनी बिग्रीदै गएपछि दक्षिणी क्षेत्रको बृद्धि विकासका समेत प्रभाव पर्र्दैै गएको छ । हरेक चुनावमा यो सडक कालोपत्रेको एजेण्डा बनेपनि सडक सुधारमा निर्वाचित सबै तहका प्रतिनिधीको चासो नै देखिएको छैन ।

ताजा समाचार