कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघले परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाएको छ । गृह नगर आएका बेला सोमबार वाणिज्य संघले परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाएको हो । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले मन्त्री गृहनगर आएका बेला उद्योगी व्यवसायी सहित विवित समाजिक, आर्थिक, साँस्कृतिक व्यवसायिक विषयमा ध्यानाकर्षणका साथै ज्ञापन पत्र बुझाएको बताए । ‘हामीले मन्त्रीलाई यस जिल्लामा रहेका आम उद्योगी व्यवसायीका विद्यमान समस्या, समाधानका लागि सहित अधुरा योजना, सीमा समस्या पुरा गर्न गराउन ध्यानाकर्षण गराएका छौँ, ‘अध्यक्ष जोशीले भने, ‘यस अघि पनि वाणिज्य संघले उठान गर्दै आएका समस्या यस पटक पनि पुन दोहो¥याएका छौँ ।’
अध्यक्ष जोशीका अनुसार कञ्चनपुरको समग्र सीमा समस्या, भारतीय पक्षबाट हुँदै आएको अवरोध एव हस्तक्षेप, भन्सारका समस्या, जिल्लाको पर्यटन क्षेत्रका समस्या, आयात निर्यातका क्रममा हुने समस्या, उत्तरी बह्मदेव नाकालाई धार्मिक नाकाका रुपमा संंचालन गर्नु पर्ने, दोधाराचाँदनी सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र विस्तार, वेलौरीमा भन्सार स्थापना गर्नु पर्र्नेदेखि इजराईलमा हराईरहेका विपिन जोशीको यथाशिघ्र खोजी गरि स्वदेश फिर्ता गर्नु पर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाईएको छ । हमास समुहको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी जोशीको सरकारले कुटनीतिक पहल गरेर स्वदेश फिर्ता गर्नुपर्ने वाणिज्य संघको माग छ ।
कञ्चनपुर उद्योग वाणिज्य सघका महासचिव खगेश्वर बोहराले जिल्लामा व्यवसायिक एव औद्योगिक सम्भावना रहेका क्षेत्रमा सरकारले प्राथमिकताका साथ अघि बढ्नुपर्नेमा मन्त्रीको ध्यानार्कण गराएका छन । ज्ञापन पत्र बुझ्दै परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो तहबाट हुने सीमा समस्यादेखि विपिन जोशीको उद्दार एव औद्योगिक बृद्धि विकासका लागि पहल गर्ने आश्वासन दिएका छन ।