कञ्चनपुर : कञ्चनपुरमा तिब्र रुपमा छठ पुजाको तयारी भै रहेको छ । मदेशी समुदायको महान पर्वको रुपमा मनाइने छठको भीनपा–६ ऐठपुर स्थीत मुल नहरमा पुजा गर्ने तयारी भै रहेका छ । आज बेलुका अस्ताउदो सुर्य र भोलि बिहान उदाउदो सुर्यको पुजा गरी छठ पर्वको समापन हुनेछ ।
२० वर्ष देखि मनाउदैं आएको छठ पर्वलाई निरन्तरता दिदैं यसपालि पनि मनाउन लागेको कञ्चनपुर नाई सघंका अध्यक्ष तथा मैथली समाजका रामसगोरथ ठाकुरले बताए । छठी मैयाको पुजामा चावलको पिठो, गुड, उखु, ठकुवा, कुजुवा, माटोको भाँडो, बाँसको सुपो, फलफलु लगायत सामग्रीद्वारा पुजा गरिन्छ । यसरी पुजा गर्नाले घरमा लक्ष्मीको बाँस भई घर परिवारमा सुख शान्ती आउने विश्वास रहेको ठाकुरले बताए ।