जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

कञ्चनपुर : भीमदत्त नगरपालिका–६ बाट ८ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । मंसिर १ गते अन्दाजी राती ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीनपा –६ चन्द्रदेव राईस मिलबाट जुवा तास खेलिरहेको अवस्थामा ८ जना युवक सहित रु. दुइ लाख आठ अजार चार सय छविस रुपैया सहित नियन्त्रणमा लिएकोे छ ।

नियन्त्रण हुनेमा भीनपा– ६का नरेन्द् विष्ट, पारस भट्ट, खेम राज लेखक, नरेन्द्र जोशी भीनपा ४ का दामोदर भट्ट भीनपा–१० का दिपक गिरी, भीनपा–८ सुरत खत्री र वेदकोट नगरपालिका १० बस्ने तिलक बैजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार