कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ९ मा सुन्दरपुर खेलकुद विकास समितिको आयोजनामा विहिवार खुल्ला फुटवल प्रतियोगीता उद्घाटन भएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज वोहरा रहनु भएका थिए । कार्यक्रममा खेलाडीहरु शुभकामना दिदै नगरप्रमुख वोहराले भन्नु भयो खेल राष्ट्रको लागी पनि हो । हाम्रो लागी पनि हो किन भने राम्रो खेल खेल्न सक्यो भने आफ्नो ठाँउ, नगर, देशका लागी खेल्न सकिन्छ र आफ्नो स्वस्थ्यको लागी पनि हो । अहिले देशको राष्ट्रिय तथा अन्तराष्ट्रिय हरेक खेलमा सुदुरपश्मिका खेलाडीको वाहुल्यता वढेको छ । नेपालको खेल जगतमा सुदुरपश्चिमको अलग्गै पहिचान वनेको छ ।
हरेक वर्ष नगरले खेलजगतमा २५ लाख भन्दा वढि खर्च गरेपनि उक्त रकम अपुग हुने गरेको छ । युवापुस्ताले खेलजगतमा लाग्यो भने कुलतको प्रवाहबाट समेत बाँचिने छ नगर प्रमुख वोहराले भन्नु भयो । कार्यक्रममा वोल्दै वेदकोट ९का अध्यक्ष जनक वहादुर बिष्टले भन्नु भयो वडा संग खेल खेलाउन धेरै वजेट छैन अव खेलाडिहरुले पनि आफु खेल्नका लागी कोष स्थापना गर्नु प¥यो कोष स्थापनाका लागी वडा कार्यालयले सहयोग गर्न तयार रहेको छ । उद्घाटन कार्यक्रम सुन्दरपुर खेलकुद विकास समितिका अध्यक्ष जय सिंह धामीको सभापतित्वमा सञ्चालन भएको थियो ।
कार्यक्रमा प्रमुख अतिथि वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, बिशिष्ठ अतिथि पुर्व नगरप्रमुख अशोक कुमार चन्द , अतिथिमा वेदकोट नगरपालिका ९ वडा अध्यक्ष जनक वहादुर विष्ट १० का अध्यक्ष रतन विष्ट, संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि तथा गाँउका अग्रज प्रतिनिधिहरु, पुर्व खेलाडीहरु को उल्लेखनिय उपस्थीति रहेको थियो ।
खुल्ला फुटबल प्रतियोगितामा जम्मा १२ समुहको आवेदन रहेको थियो आज भएको पहिलो खेलमा आयोजका बि र आयोजक सि विचको खेलमा आयोजक बि ले दुई गोलले अग्रता लिदै खेल विजेता वनेको सुन्दरपुर खेलकुद विकास समिति सचिब विरेन्द्र बिष्टले वताउनु भयो ।