भाइटीकाको शुभ साइत बिहान १०ः५१ बजे

बिहान १०ः५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन

कञ्चनपुर : भाइटीकाको शुभ साइत कार्तिक ९ गते बुधबार विहान १०ः५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति कञ्चनपुरले जनाएको हो ।

नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीकालाई मनाइन्छ । भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ ।

ताजा समाचार