असंक्त, असाहय आदिवासी जनजातिहरुको सहयोगार्थ देउसी भैलो

कञ्चनपुर : आदिवासी जनजाति नगर परिषदको आयोजनामा दोधारा चाँदनीमा देउसी भैलो कार्यक्रम भई रहेको छ । लक्ष्मी पुजा देखि शुरु गरेको देउसी भैलो भाई टिकाको दिन सम्म खेलिने छ । ‘हाम्रो संस्कृती हाम्रो पहिचान’ भन्ने नाराका साथ देउसी भैलो भई रहेको हो । ‘आफ्नो सस्कृती आफैले बचाउनु पर्ने भएकोले हामो सस्कृतिको जोर्गेनाका साथै आफ्नो मौलिक परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथै देउसी भैलो खेल्न लागकोको’ नेपाल आदिवासी जनजाति महांसघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष बिकास श्रेष्ठले बताए ।


देउसी भैलो खेलेर सकलन भएको रकम बाट असंक्त, असाहय आदिवासी जनजातिहरुको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको आदिवासी नेपाल जनजाति नगर परिषदका दोधारा चाँदनीका अध्यक्ष डम्बर बहादुर गुरुङ्ले बताए ।

आफ्नो मौलिक परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथै असंक्त, असाहय आदिवासी जनजातिहरुको सहयोगार्थ खेलिएको देउसी भैलो कार्यक्रमका संयोजक नेपाल आदिवासी जनजाति नगर परिषदका दोधारा चाँदनीका बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर लिम्बु, सह– संयोजक महांसघ जिल्ला समन्वय परिषद कञ्चनपुरका सह–सचिव बुद्धिबल श्रेष्ठ, सदस्यहरुमा खगिश्वरा थापा मगर, पुनम थापा मगर र पुजा गुरुङ रहेका छन् ।

ताजा समाचार