कञ्चनपुर : देउडा गायक जे आर भट्टले कार्तिक २६गते आफ्नो जन्मदिन धनगढीको नोभा अस्पतालमा मनाएका छन।बिगतका बर्षहरुमा उनले घरमा,अनाथ आश्रममा र बृद्धाआश्रममा जन्मदिन मनाउने गर्थे भने यो बर्ष आफ्नो बहिनी बिरामी भएर नोभा अस्पतालमा भर्ना गरेको बेला जन्मदिन पर्न गएकाले नोभा अस्पतालमै मनाएका हुन।
कला सस्कृतिको लागि राम्रो काम गरिरहेका भन्दै नोभा अस्पतालका संचालक लोकराजभट्ट लगायत थुप्रै डाक्टर र नर्सहरुले केक काट्दै उनलाइ जन्मदिनको सुभकामना दिएका छन।बिरामिहरुको मनोबल बढाउन र आफू आशीर्वाद पाउनुको लागि कलाकार भट्ट,अमृत नाथ र समाजिक अभियानता बाशुदेब भट्टले सबै बिरामिहरुलाइ फलफुल समेत बाडेका थिए।