बेलडाँडी खुला भलिबल प्रतियोगिताको च्याम्पियन न्यू खप्तड

लगातार तीन सेटले निरौला फाउन्डेसनला पछि पार्दै न्यू खप्तड युवा क्लबले प्रतियोगिताको ५१ हजार ट्रफी उपाधि रक्षा

केशव थापा/बेलडाँडी : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न संगै न्यू खप्तड युवा क्लबले उपाधी उचालेको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कार्तिक २५ गते शनिबार देखि बेलडाँडी गाउँपालिका वडा नं. १ को सिद्धचोकमा भलिबल प्रतियोगिता शुरु भएको थियो। प्रगति एकता समाजको आयोजनामा बेलडाँडी गाँउपालिकामा खुला भलिबल प्रतियोगिता आयोजना गर्दै विविध कार्यक्रमका साथ आज सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
फाइनल खेल न्यू खप्तड युवा क्लब खैरिघाट र निरौला फाउन्डेसन टिम बिच रोमाञ्चक खेलभएको थियो। उक्त फाइनल खेलामा लगातार तीन सेट जित्दै उपाधि रक्षा गरेको थियो। पहिलो सेट २९-२७, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-१९ ले लगातार निरौला फाउन्डेसनला पछाडि पार्दै न्यू खप्तड युवा क्लब बेलडाँडी खुल्ला भलिबल प्रतियोगिता २०८० को च्याम्पियन बनेको हो।

प्रतियोगिताको विजेता टिम न्यू खप्तड युवा क्लबले ५१ हजार ट्रफी प्रमाणपत्र हात पारेको छ। भने उपविजेता टिम निरौला फाउन्डेसनले २५ हजार १ सय ट्रफी प्रमाणपत्रमा चित्तबुझाएको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यू खप्तडका नवराज धामी, उत्कृष्ट स्पाईकर निरौला फाउन्डेसनका गणेश कार्की, उत्कृष्ट सेटर न्यू खप्तडका राष्ट्रिय भलिबल खेलाडी लोकेन्द्र गिरि र उत्कृष्ट सर्भिस सन्तोष महता चुनिएका थिए। उनिहरुले उत्कृष्ट ट्रफी समेत हात पारेका छन् ।

प्रगति एकता समाजका अध्यक्ष शंकर दत्त भट्टले शुभ दिपावली पावन अवसरमा खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा खेलकुद लगायत सामाजिक कार्यमा तल्लीन हुने समेत बताएका छन् । प्रतियोगिता समापन समारोहका प्रमुख अतिथिमा कञ्चनपुर क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा संघीय सांसद तारा लामा तामाङले रहनु भएको थियो । उनले खेलकुद क्षेत्र लाई माथी उकास्न निरन्तर पहल कदमी संगै आफ्नो तर्फबाट सक्दो सहयोग समते रहने बताएका छन् ।

विशिष्ट अतिथि रहनु भएका बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र राना रहनु भएको थियो । उनले प्रतियोगिताले गाउँपालिकाको उच्च प्रतिष्ठा संगै खेलकुद क्षेत्रको विकास हुने बताए । प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो भने खेल नकाउट आधारमा सिद्धनाथ आधारभूत विद्यालयको प्राङगणमा सञ्चालन भएको थियो। बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड बेलडाँडीले प्रथम र द्वितीय ट्रफी समेत प्रायोजन गरेको थियो।

ताजा समाचार