बेदकोट ८नम्बर वडामा सडक बत्ति जडान

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरको एक वडामा सडक बत्ति जडान शुरु गरिएको छ । बेदकोट नगरपालिका ८ नम्बर वडामा सडक बत्ति जडान शुरु गरिएको हो । बेदकोट नगरपालिका ८का विभिन्न चोक चौतारा गाँउबस्तीमा रहेका सडकमा सौर्य बिजुली जडान गरिएको जनाईएको छ ।

चालु आर्थिक बर्ष ०८०÷०८१मा दोस्रो चौमासिकमा वडा कार्यालयले उज्यालोका लागि सौर्यबत्ति जडान गरिएको हो ।
बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले उज्यालोका लागि सडक बत्ति जडान गरिएको बताए ।
वडाध्यक्ष जोशीका अनुसार विद्यार्थी लगायत सर्वसाधारणको आवत जावतका लागि सडकबत्ति जडान गरिएको बताए ।

वडाध्यक्ष जोशीले वडाका विभिन्न वडाबस्तीमा रहेका महत्वपूर्ण चोक चौतारामा जडान गरिएको छ । वडाध्यक्ष जोशीले चुनावी प्रतिबद्धता अनुसार सौर्यबत्ति जडान गरिएको छ । वडाले गाँउबस्तीमा सडकमा सौर्यबत्ति जडान गरेपछि स्थानीय समेत हर्षित भएका छन ।

ताजा समाचार