दारि ग्याङ र युथ्स भ्वाईस ग्रुपले तिहारको शुभकामना आदान प्रदान संगै रक्तदान गरी कार्यक्रम सम्पन्न

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा दारि ग्याङ र युथ्स भ्वाईस ग्रुपले तिहारको शुभकामना आदान प्रदान संगै रक्तदान गरी कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरको सहयोगमा शनिबार दारी ग्याङको आयोजनामा युवाहरुको आवाज समुहको पनि रक्तदान कार्यक्रम तथा तिहार,छठ पर्वको शुभकामना आदान प्रदानमा सहकार्य रहेको थियो ।

तिहारको समयमा रगतको अभावमा कसैले पनि दुःख भोग्नु नपरोस सबैले हर्षउल्लासको साथ चाडपर्व मनाउन भन्ने हेतुले आकस्मीक दृर्घटना तथा रगतको आवश्यता परेकाहरुलाई सहजता हुनेछ भनेर उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक भोजराज भट्टले बताएका छन ।
विगत लामो समय देखि समाजिक कार्यक्रममा सकृय रहेका दारी ग्याङ र युवाहरुको आवाज (युथ्स भ्वाईस ग्रुप) दुई छुट्टा छुट्टै संगठन भएपनि उद्देश्य एक रहेको भट्टले बताएका छन ।

समाजिक कार्यमा परोपकारी भावनाले समाजमा रहेका नराम्ररा कुराहरुलाई निरुत्साहि गर्दै जनचेतना मुलक कार्य गर्दै असंक्तहरुलाई सहयोग गर्दै आवाज विहीनहरुको आवाज बन्दै समाजिक कार्यलाई दारी ग्याङ र युवाहरुको आवाजले निरन्तरता दिईरहेका छन । उक्त आयोजित कार्यक्रम सफता पूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा पनि समाजिक कार्यमा दुबै संगठन लगायत अन्य संगठनहरु संग मिलेर यस्ता समाजिक परोपकारी कार्यहरुमा सकृयता रहने भट्टले बताएका छन ।

 

ताजा समाचार