बडुवाल टोलमा जंगली हात्तीले घर भत्काएकाहरुको घर निमार्ण गर्न अभियान संचालन

दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीले घर भत्काएका स्थानियहरुको घर निमार्ण गर्न युवाहरुले अभियान थालेका छन् । यस वर्ष तिन महिना देखि जंगली हात्तीले बडुवाल टोलमा भारतिय जंगलबाट बस्ती भत्रिएको जंगली हात्तीले अन्नवाली खाएर नष्ट गर्नुको साथै उनिहरुको घर, भान्सा तथा गोठ भत्काउदै आएपनि सरकार पक्षले वेवास्था गर्दै आएको भन्दै सामाजसेवी भिम कुमाल, युवा गोबिन्द राज लगाएतको एक टोलीले हात्तीले घर भत्काएका स्थानियहरुको घर निमार्ण तथा पुन: निमार्णको लागी अभियान संचालन गरेका छन् । केही दिन अघि मात्रै उनिहरुको घर निमार्णको लागी अभियान संचालन गर्नको लागी सामाजिक संजाल फेसबुकमा लाईभ कार्यक्रम संचालन गर्दै राय संकलन गरेका हुन् ।

सामाजसेवी भिम कुमालका अनुसार स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकारले चम्फा सार्की लगाएत स्थानियहरुको घर भत्काउदा समेत घर निमार्ण तथा पुन: निमार्णमा चाँसो नदेखाएको भन्दै देश, बिदेशमा रहदै आएका नेपालीहरुलाई निमार्ण तथा पुन: निमार्ण कार्यमा सहयोग गर्न अपिल गरेका छन् । अभियान अन्तर्गत संकलित रकमले बडुवाल टोलमा हात्तीले भत्काएको घरहरुको निमार्ण तथा पुन: निमार्ण गरिने उनले बताएका छन् ।

यस्तै युवा तथा सामाजिक अभियन्ता गोबिन्दराजले पिडामा रहेका बडुवाल टोलका स्थानियहरुलाई राज्यले टुलुटुलु हेरेर बसेको बताउदै हात्तीले भत्काएको घर निमार्ण कार्यमा आफुहरु लागि परेको बताएका छन् । ‘यसको लागी हामी देश तथा बिदेशमा बस्ने हाम्रा दाजु भाईहरु संग अपिल गरेका छौं’ युवा तथा सामाजिक अभियन्ता गोबिन्दराजले भने ।

ताजा समाचार