झलारी : बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले विपन्नतालाई निम्टयान्न पार्नका लागि श्रम गर्ने बानीको विकास गर्नु पर्ने बताउनु भएको छ । झलारीमा निड्स नेपालले सञ्चालन गरेको दीगो आम्दानीद्वारा महिला उद्यमीहरुको सशक्ति परिेयोजना अन्र्तगत कुखुरापालन सम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सीपले जीवन जीउने कला सिकाउने भएकाले यसलाई अपनाउनु पर्ने बताउनु भयो । परम्परागत सीपलाई समय अनुसार परिमार्जन गरी आयआर्जन हुने गरी व्यवसायीकतामा ढाल्नु पर्ने उहाँले बताउनु भयो । नगरपालिका क्षेत्रमा दुई वटा गैसस कार्यरत रहेको उल्लेख गर्नु हुदै उहाँले विपन्न परिवारको घरमा खुसि कसरी आउछ, त्यसका लागि काम गर्नु पर्ने बताउनु भयो ।
“निड्सले १२० घर घुरीमा कार्य गरि रहेको छ” उहाँले भन्नु भयो, “नगरपालिकाको कुल घर घुरीको एक प्रतिश हो, ती घरधुरीको जिम्मा निड्सले लिनु पर्छ, प्रत्येकको घरमा करेशावारी भएको हेर्न चाहेको छु, तरकारी भिटामिन, मिनरल्स लगायतको श्रोत भएकाले खेतीगर्ने र उपभोग गर्ने कार्य हुनु पर्छ ।” दक्षिण कोरिया लगायत देशको जीवनशैलीको चर्चा गर्नु हुदै उहाँल नेपाली जस्तै विदेशीहरु पनि पहिला पुडका, होचा रहेकोमा हरियो तरकारी, प्रांगारिक मलको प्रयोगले उत्पादन गरिएका फलफुल, अन्न, मासुजन्य पदार्थको प्रचुर मात्रामा उपभोगले त्यस देशका व्यक्तिहरुको बृद्धि विकासमा टेवा पुगेको बताउनु भयो ।
भाषा, रहनसहन, रितितिथि व्यक्तिको पहिचान भएकाले त्यसलाई विर्षनु नहुनेमा उहाँको जोड थियो । परम्परागत रुपमा पालिने कुखुरा भन्दा आधुनिक तरिकाले पालन गर्दा आत्मनिर्भरता बढने उहाँले बताउनु भयो । गरपालिकामा ४० हजार फलफुलका विरुवा रोप्ने योजना रहेको जानकारी दिनु हुदै उहाँँले १७ हजार रोपि सकेको र बाँकी रोप्ने कार्यलाई जारी राखिने बताउनु भयो । फलफुल भिटामिन मिनरल्स, फाईवर लगायतको श्रोत भएकाले यसको खेती संगै उपभोगमा जोड दिईनु पर्ने उहाँको भनाई थियो ।