महेन्द्रनगरमा कपाल काटेको मुल्य घट्यो

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा कपाल काटेको मुल्य घटाईएको छ । नेपाल नाई संघ कञ्चनपुरले कपाल घाटेको मुल्य घटाईएको हो । नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष राम सोगारथ ठाकुरले कपालदारी काटेको मुल्य घटाएको बताए ।

अध्यक्ष ठाकुरले कपालदारी बनाएको २२०रुपैयाबाट घटाएर २सय मात्रै कायम गरेको बताए । ‘हामीले वर्तमान आर्थिक संकटका कारण ग्राहकबाट कपालदारी काटेको २०रुपैया घटाएका छौँ, ‘उनले भने, ‘अब जिल्लाभरी नाई व्यवसायीलाई सो निर्णय कार्यान्वयनका लागि आब्हान गरेका छौँ ।’

यस अघि हरेक महिना मंगलबार सहित चाडवार्डका बेला सेवा बन्द गर्ने भएपनि अब सेवा खुला हुने उनले बताए । नाई संघका नाममा ग्राहक र पसलबाट गैर कानुनी रकम नलिने आग्रह गरेको छ ।

ताजा समाचार