बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य र आँखा चेकजाँच

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य र आँखा चेकजाँच गरिएको छ । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर गेटा आँखा अस्पताल शाखा कार्यालय कञ्चनपुरको प्राविधिक सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा सवारी चालकको स्वास्थ्य चेकजाँच गरिएको हो ।शुक्रवार जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको आयोजना एवम मन्त्र अस्पताल र गेटा आँखा अस्पतालको सहयोगमा सवारी चालकहरुको स्वास्थ्य अवस्था आँखाको अवस्था कस्तो छ रु भनेर जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो । अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मनाई रहेको छ ।शुक्रवार पाँचौ दिन सवारी चालकहरुको स्वास्थ्य अवस्था र उनिहरुको आँखाको अवस्था कस्तो रहेको छ, भनेर चेकजाँच भएको हो ।
लामो दूरीका सवारी चालक चक्रदेव भट्टले यसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर र अन्य संस्थाले गरेको स्वास्थ्य परिक्षण कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए । उनले आफनो स्वास्थ्यको पनि अवस्था थाहा हुने र आगामी दिनमा उपचार पनि गर्नु पर्ने जानकारी प्रदान गरिदिनाले सजग भएको बताए ।उनको स्वास्थ्यमा कुनै पनि समस्या नभएको तर आँखामा समस्या देखिएको भएर अब आफनो आँखाको उपचार गर्ने उनले जानकारी दिए । उनले समय समयमा फेरी यस्तै स्वास्थ्य परिक्षण कार्यक्रम सिविरको आयोजना हुनु पर्ने माग राखे, यता, आँखा अस्पताल महेन्द्रनगरका केन्द्रका नेत्र अधिकृत डा। बीर सिह धामीले सवारी चालकहरुको आँखा पनि स्वस्थ रहन जरुरी रहेको बताए ।सवारी हाँक्दा आँखा नै राम्ररी नदेख्ने भयो भने दुर्घटनाको जोखिम बढने भएकाले पनि चालकहरुको आँखा पनि स्वस्थ रहनुपर्ने उनले बताए । चालकहरुको नजर कस्तो छ रु कलर छुट्याउन सक्ने अवस्था छ की छैन रु सबैको आँखा खराब नभएपनि केही चालकहरुले नजिक देख्न नसक्ने समस्या रहेको र चश्माको प्रयोग गर्नुपर्ने देखिएको उनले बताए ।कुनै पनि चालकलाई स्वास्थ्यमा समस्या भएमा उनिहरुलाई जानकारी दिई मन्त्र अस्पतालबाट १५ प्रतिशत छुटमा उपचार गरिदिने व्यवस्था पनि रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर गोविन्द रोकायाले बताए ।
५८ जना चालकहरुको स्वास्थ्य परिक्षण गर्दा ६० प्रतिशतमा ब्लड प्रेसरको समस्या देखिएको उनले बताए । साथै ३० प्रतिशतमा सुगरको समस्या देखिएको उहाँहरुलाई उपचारको लागि परामर्श दिईएको उनले बताए ।उक्त स्वास्थ्य परिक्षण गर्दा ५ जनाको लागुपदार्थ सेवन परिक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको उनले बताए । एउटा चालकले आफनो सवारीमा धेरै जना प्यासेन्जरहरु भनौ अथवा धेरैको जिवन चालकको हातमा भएको हुँदा चालक आफै पनि स्वस्थ हुन जरुरी हुने भएकाले यो स्वास्थ्य परिक्षण गरिएको उनले बताए । स्वासप्रस्वास, प्रेसर दम, लगायतको यहाँ चेकजाँच हुने र उहाँहरुलाई पनि समस्या भए जानकारी दिई उपचार गराउन भनेर जानकारी दिने उनले बताए । चालक भएपछि निरोगी हुन जरुरी रहेको र कुनै पनि किसिमको लागुपदार्थ सेवन नगर्ने, मादक पदार्थ नखाने बानी भउको हुनुपर्ने उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश विकले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको पाँचौ दिनमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरी उनिहरुलाई केही समस्या भएमा जानकारी दिने उदेस्यले आयोजना गरिएको बताए । आँखा कमजोर भएर पनि दुर्घटना हुन सक्ने, प्रेसर भएर वा अन्य समस्या भएर बेहोस भएर पनि दुर्घटना हुन सक्ने भएर चालकको स्वास्थ्य अवस्थाको जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएको उनले बताए । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मा बिभिन्न संघसंस्थाहरुको सहयोग रहेको हुँदा कार्य गर्न सहज भएको उनले बताए । अहिले बजारका बिभिन्न क्षेत्रमा सचेतना मुलक होर्डिङ बोर्डहरुको स्थापना, सडक क्रस गर्दा चाहिने जेब्रा क्रसको निर्माण गरिएका छन् । तिव्र गतीमा सवारी साधन नचलाउने, मादक पदार्थ सेवन गरेर सवारी नहाक्ने, आफनै लेनमा हिँडने, ट्राफिक नियमको पालना गर्ने लगायतका जनचेतना मुलक भनाई लेखिएका होर्डिङ बोर्डहरु राखिएका छन् ।

ताजा समाचार